मिक्लाजुङ सामुहिक हत्या काण्डकी घाइते सीताको उपचार सरकारले गर्ने - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

मिक्लाजुङ सामुहिक हत्या काण्डकी घाइते सीताको उपचार सरकारले गर्ने

साइनो समचारदाता

मिक्लाजुङ (पान्थर) । जिल्लाको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सामुहिक हत्या काण्डकी घाइतो सीता माखिमको उपचार प्रदेश सरकारले गर्ने भएको छ । घटनामा २ परिवारका ९ जनाको हत्या हुँदा भागेर छिमेकी बोजूको घरमा लुकेर बाचेकी थिइन् । कक्षा ९ मा अध्ययनरत उनी मामली बस्दै आएकी थिइन् ।

सीता खजुम

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उपचार गर्ने जनाएको हो । हाल उनको दमक स्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । अन्दाजी १२ वर्षीया सीता खजुम हतियारसहित आएको मुकुण्डोधारी व्यक्तिले परिवारका अरू व्यक्तिलाई भकाभक प्रहार गर्न थालेपछि घरबाट राति नै हाम फालेर भागेकी थिइन् । भाग्नेक्रममा उनको दाहिने हात भाँच्चिएको छ । प्रहरी इन्सपेक्टर तेजनारायण यादवका अनुसार नकावधारी व्यक्तिले अरूलाई हतियार प्रहार गरी आफूतिर आउँदा सीता घरबाट हाम फालेर बाँचेकी हुन्। ‘सीता भागेर करिब ५० मिटर पर रहेको छिमेकी बजुको घर पुगेकी रहिछन्,’ इन्स्पेक्टर यादवले भने, ‘भाग्दै गर्दा सीतालाई पनि नकावधारीले खेदेको थियो तर भेट्न पाएनछ। उनी पुगेको घरमा पनि कान कम सुन्ने महिला मात्र रहिछन्। हत्यारा आफूतिरसमेत आइलाग्न सक्ने डरले बालिका र बृद्धा चुपचाप बसेछन्।’ सीताको दायाँ हात भाँच्चिएको छ।

सोमबार राति घरमा आएको मुकुण्डोधारी व्यक्तिले स्थानीय बमबहादुर फियाकको परिवारका ४ र उनकै माहिला ज्वाइं धनराज शेर्माको परिवारका ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो। सीता बमबहादुरकी साहिँली छोरीकी छोरीपट्टीकी नातिनी हुन्।

विज्ञप्तीमा के छ? जस्ताको तस्तै
पान्थर जिल्ला, मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेका धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जना सदस्यहरुको धारिलो हातियार प्रयोग गरी गए राति भएको अपराधिक, अमानवीय तथा निन्दनीय हस्याले हामी स्तब्ध भएका छौं । उक्त घटनाप्रति प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण भएको छ । घटनाको सत्यतत्थ्य र प्रभावकारी अनुसन्धान ब्युरो (सीआइबी) जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत अनुसन्धान अधिकृतहरु र तालिम प्राप्त कुकुर सहितको टोलीलाई आवश्यकता निर्देशन दिई घटनास्थलमा परिचालन गरी सकिएको छ । यस दुःखद घडीमा मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका आफन्तजन, नातागोता, इष्टमित्र, गाउँघर र स्थानीय बासिन्दाहरुलाई धैर्यधारण गरी संयमता अपनाउन तथा अनुसन्धानमा आआफ्नो ठाउँबाट सहयोगका लागि प्रदेश सरकार अपिल गर्दछ । घटनास्थलबाट भाग्न सफल भई ज्यान जोगाएकी १२ वर्षीया घाइते बालिका सीता खजुमको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै निजको उपचारको सम्पूर्ण व्यवस्था प्रदेश सरकारले गर्ने साथै घटनामा संलग्न जो कोही अपराधीलाई कानूनको दायमा ल्याई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

सम्बन्धित खवर