मिक्लाजुङ हत्या बारे सरकारको जवाफ माग - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

मिक्लाजुङ हत्या बारे सरकारको जवाफ माग

साइनो समचारदाता

काठमाडौं । नेपाली कांग्रेसले पाँचथरको मिक्लाजुङ गाँउ पालिकामा सोमबार राति भएको हत्याकाण्डबारे सरकारको जवाफ माग गरेको छ ।

मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको विषयमा सत्यतथ्य जानकारी गराउन कांग्रेसले सरकारसँग माग गरेको हो । प्रतिनिधिसभा बैठकको शून्य समयमा पूर्व गृहराज्यमन्त्री समेत रहेका देवेन्द्रराज कँडेल, सचेतक पुष्पा भुसालले घटनाबारे जानकारी गराउन माग गरेका हुन् । सांसदहरुले घटनामा संलग्नलाई कारबाहीको दायरमा ल्याउन र घाइतेको उपचार गर्न माग गरेका छन् ।

सम्बन्धित खवर