महिलाले दुना टपरी बनाउन सिक्दै - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

महिलाले दुना टपरी बनाउन सिक्दै

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे २ स्थित चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा दुना टपरी सम्वन्धी ५ दिने तालिम सोमबार सुरु भएको छ ।

पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा २ वटा मेसिनसहित तालिमको व्यवस्थापन गरिएपछि सो सहकारी संस्थाका महिलाहरु उत्साहित भएर परिमार्जित शैलीमा दुना टपरी बनाउन तम्तयार भएका छन् । एक कार्यक्रमकाबीच नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिमको उद्घाटन् गर्दै महिलाहरुलाई दक्ष र आत्मनिर्भर बनाउन नगरले यस प्रकारका महिला लक्षित कार्यक्रमहरु अघि बढाएको बताइन् । कार्यक्रममा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, नगर प्रवक्ता एवम् २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंसहितको उपस्थिति रहेको थियो । सहकारीका २ सय संख्याका सदस्य सहभागी रहेको तालिममा श्रमिक दुना टपरी काठमाडौंका अध्यक्ष रामप्रसाद पाण्डेका साथै नूमाकान्त भुसाल र वीरेन्द्र बोहोराले सहजिकरण गरिरहेका छन् ।

सम्बन्धित खवर