महिलाका लागि तालिम सम्पन्न - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

महिलाका लागि तालिम सम्पन्न

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा लायन्स क्लब अफ पथरीशनिश्चरेले ‘महिला हिंसा न्यूनिकरण एवम् नेतृत्व विकास’ सम्वन्धी ३ दिने तालिम सम्पन्न गरेको छ ।

नगरपालिका प्रमुख दिलिपकुमार राईले समापन कार्यक्रममा बोल्दै महिला हिंसा रहित समतामूलक समाज निर्माणमा यसखाले तालिमहरुले सचेतना छर्ने वताए । कार्यक्रममा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, नगर कार्यपालिका सदस्य गीता विश्वकर्मा, लायन्स क्लब अफ पथरीका पूर्व अध्यक्ष तुलसी ढकाल, क्लबका वर्तमान अध्यक्ष रोशन बुढाथोकी सहितले मन्तव्य व्यक्त गर्दै तालिमले सवैलाई उर्जा प्रदान गरेको जनाएका छन् । सो अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रशिक्षार्थीकातर्फबाट अम्विका भट्टराईले आफुलाई तालिमले उर्जाशील बनाएको बताइन् । कार्यक्रममा लायन्सका नयाँ सदस्यहरुलाई स्वागत समेत गरिएको थियो । लायन्स क्लब अफ पथरीशनिश्चरेकी अध्यक्ष एवम् नेपाल जेसीजकी प्रशिक्षक मञ्जरी घिमिरेले तालिमको सहजिकरण गरिन् । नगरको महिला लक्षित कार्यक्रम अन्तर्गतको तालिममा, नगरका महिला संस्थाका अगुवा तथा महिला जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर