नगरको कार्यपालिका बैठक सम्पन्न - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

नगरको कार्यपालिका बैठक सम्पन्न

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको बैठकले जेठ ११ मा हुने नगरसभा सहितका विषयमा छलफल गरेको छ ।

नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको दोस्रो नगरसभाका लागि प्रस्तुत गर्ने विषयहरु तयार गर्ने बारेमा छलफल भएको छ । यसका साथै नगरपालिका कार्यालयको भवन निर्माणको टुंगो लगाउने, बजारको सीसी क्यामेरा मर्मत, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा अपाङ्गता भएकाहरुका लागि लक्षित स्थानीय समन्वय समिति निर्माण सहितका विषयमा छलफल भएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । उनले मोरङ्गी खोलाको तटवन्धको काम अघि बढ्ने कुरा निर्णय भएको वताए ।

सम्बन्धित खवर