आर्थिक रुपमा विपन्न लिम्बुको घर निर्माण गरिने - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

आर्थिक रुपमा विपन्न लिम्बुको घर निर्माण गरिने

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे २ का आर्थिक रुपमा विपन्न चन्द्रबहादुर लिम्बुको घर निर्माण हुने भएको छ । लिम्बुको घर निर्माणको लागि कर्णध्वज लिम्बु अध्यक्ष रहेको घर निर्माण समिति गठन गरिएको छ ।

डिल्लीराम दाहाल उपाध्यक्ष, सेरबहादुर लिम्बु सचिब, लाबहादुर सोडारी सहसचिब र अम्बिका लिम्बु कोषाध्यक्ष रहेको पदाधिकारी चयन गरिएको छ । भने सदस्यरुमा गंगा प्रसाद गिरी, दुर्गा लिम्बु, अमरबहादुर लिम्बु, खड्कबहादुर लिम्बु, इन्द्रकुमारी लिम्बु र विजय लिम्बु छन् । समितिले विभिन्न व्यक्ति संघसंस्थालाई सहयोग संकलन गरेर लिम्बुको घर बनाइने बताइएको छ । जेठ ८ गते भवनको सिलान्यास गरिने भएको छ ।

सम्बन्धित खवर