‘भित्री सुन्दरताले नै जितेको हो ।’ - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

‘भित्री सुन्दरताले नै जितेको हो ।’

रिजु भट्टराई
मिस पथरी शनिश्चरे, २०१९

 

मिस पथरी हुन्छु जस्तो लागेको थियो ?

सुरमा म ठूली भएर एक दिन मिल नेपालमा पार्टिसिपेन्ट गर्न जान्छु भन्ने सोचले मिस नेपालको सन् २००१ देखि लिएर क्कोइसनएन्सर हेर्थे, युट्युबमा हेर्थे र प्राक्टिस गर्थे । कन्फिडेन्ट विल्डब भइसेको थियो । यसै क्रममा मिस पथरी शनिश्चरेको प्लेट फर्म पनि आयो । म एकदमै एक्साइटेड भए । ममीले पनि भन्नुभयो, ‘मिस नेपाल हुन्छु भन्छेउ, मिस पथरी शनिश्चरे जितेर देखाउ न त ।’ अनि मान्छु भन्नुभयो । मैले च्यालेन्जको रुपमा लिए । त्यहिबाट कन्फिडेन्स आयो ।

विजेता हुदा कस्तो फिल भयो ?

तुलासा नेम्बाङ र म मात्र थियौं । दुबै जनाले हात समाति राखेको थियौं । अनि वहाँ(तुलासा) पनि जानु भयो । एकदमै डर लागेको थियो । जब मेरो नाम एनाउन्स भयो । हजुर बा, हजुरआमा एकदमै खुसी हुनुभएको देखेँं । वहाँहरुलाई देखेपछि एकदमै खुसी भए । बिनिता मेमले जब क्राउन देखाउनु भयो । त्यसपछि चेयरमा बसे । त्यो मेरो मुमेन्ड भेरी स्पेसल । अनि म नै विजेता भए जस्तो फिल भयो । नाम एनाउन्स भन्दा अगाडि ब्लड सर्कुलेसन रोकिए जस्तै भैरहेको थियो ।

तस्वीरः गोपाल काफ्ले

विजेता भइसक्नुभएको छ, थप जिम्मेबार बढेको जस्तो लागेका छैन ?

इन्डिभिज्युल लाइभ थियो । विजेता भइसेकेपछि रेस्पोन्सिबिलिटी हुन्छ । क्राउन लागेर मात्र बस्ने त होइन नि त । पूरै सोसाइटीलाई चेन्छ गर्नु छ । त्यसमा हामी मिस पथरी शनिश्चरेको १६ जनाले नै के गर्ने भनेर सोचिरहेको छौं । केही गर्ने प्लान गरिरहेका छौं ।

सुन्दर्यता प्रतियोगितामा चाहि सुन्दरता नै प्रमुख कुरा हो जस्तो लाग्छ ?

सुन्दरता त भास्ट वल्ड हो । बाहिरी सुन्दरता मात्र हुदैन, भित्री सुन्दरता पनि इन्पोटेन्स हुन्छ । सुन्दरता चाहिन्छ । बाहिरी सुन्दरता मात्र चाहिन्छ भन्ने भन्ने हुदैन । तिमी त सबैभन्दा राम्री भएरै जितेको होला भनेर कल आएको थियो । भित्री सुन्दरताले नै जितेको हो । बाहिरी सुन्दरताले मात्र जितेको होइन ।

आगामी प्लान के छ ?

मिस पथरी शनिश्चरेको विजेताको ताज लगाएपछि मेन रेस्पोनसिबिटिली भनेको रिप्रेजेन्ट गर्नु पर्ने हुन्छ, पथरी शनिश्चरेको तर्फबाट मिस पूर्वाञ्चलको प्लेट फर्ममा । सके सम्म जिताउनु पनि त कर्तव्य पनि हो । सोसियल वर्क हामी सबैले पनि गर्नुछ ।

गफगाफको लागि बियल राई

सम्बन्धित खवर