प्रदेशस्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिताः उपाधिका लागि भोलि दमक र इटहरी भिड्ने - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

प्रदेशस्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिताः उपाधिका लागि भोलि दमक र इटहरी भिड्ने

साइनो समचारदाता

अमरदह(सुनवर्षी) । प्रदेशस्तरीय तेस्रो अमरदह ढल्के जोवन फुटबल प्रतियोगिताको फाइनल खेल भोलि जेठ ७ गते हुदैछ । उपाधिका लागि पूर्वाञ्चल भेट्रान दमक र द योङ बदर्स भेट्रान इटहरी आमुन्ने सामुन्ने हुदैछन । दुई टिमको खेल सुनबर्षी नगरपालिका स्थित वीरेन्द्र सार्वजनिक विद्यालको खेलमैदानमा हुनेछ ।

द योङ बदर्स भेट्रान इटहरी

बिहिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपीएफ भेट्रान पकलीलाई ० का बिरुद्ध ३ गोल गर्दै पूर्वाञ्चल भेट्रान दमकले फाइनलको यात्रा तय गरेको हो भने शुक्रवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा उर्लाबारी भेट्रान क्लव उर्लाबारीलाई ० का बिरुद्ध ३ गोल गर्दै द योङ बदर्स भेट्रान इटहरीले फाइनलमा प्रवेश पाएको हो । १ नं. प्रदेशका १६ टिमले सहभागिता जनाएको प्रतियोगितामा ३० बर्ष पुगेका भेट्रान खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ५१ हजार रुपियाँमा चित्त बुझाउनु पर्ने छ । प्रतियोगिता बैशाख २१ बाट सुरु भएको थियो ।

सम्बन्धित खवर