मोरङको पथरीशनिश्चरेमा भू माफियाको चलखेल - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

मोरङको पथरीशनिश्चरेमा भू माफियाको चलखेल

साइनो समचारदाता

पथरी । नेपालमा भूमाफियाको बिगबिगी नै छ । भूमाफियाले सर्वसाधारणदेखि बालुवाटारसम्मको जग्गा आफ्नो कब्जामा पारेको खबर सार्वजनिक भइरहेको छ । पूर्व–पश्चिम राजमार्गको बेलवारी–उर्लाबारी खण्डको वनमा विभिन्न जात–जाति, धर्म समुदायका मठ मन्दिर निर्माण गरेका छन् । उर्लाबारी–पथरी खण्डको केही स्थानमा त बस्ती नै बसेको देखिएको छ ।

मोरङको पथरीशनिश्चरे ३ मा युवराज भुजेलले २०३४ सालदेखि झोडा फाडी भोग चलन गर्दै आएको जग्गा भू माफियाले एनसीसी बैंकमा धितो राखेको तथ्य फेला परेको छ । आफूले भोगचलन गर्दै आएको जग्गा कमल गुरुङले किर्ते धनी पुर्जा बनाई बैंकबाट २५ लाख ऋण लिइएको खुलेको भुजेलले बताएका छन् । सोहि जग्गाबाट पुनः ऋण थप गर्ने प्रोसेसमा जादा बैकले जग्गा हेर्ने भनेर भनेपछि जग्गा हेर्ने क्रममा भुजेललगायत स्थानीयले सुइको पाएका थिए ।


स्थानीयले घेरेपछि कमल गुरुङ भाग्न सफल भए । स्थानीयले गुरुङसंग आएका बैंकका कर्मचारीलाई भने छाडेनन् । बिबाद लामै भएपछि जनप्रतिनिधि र प्रहरी प्रशासनको रोहबरमा ३ दिन भित्र गुरुङलाई उपस्थित गराई छलफल गर्ने सहमति भए पछि छाडेका थिए ।

सम्बन्धित खवर