प्रेसलाई कुण्ठित पारिए समाजवादी विरोधमा उत्रन्छः राजेन्द्र श्रेष्ठ - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

प्रेसलाई कुण्ठित पारिए समाजवादी विरोधमा उत्रन्छः राजेन्द्र श्रेष्ठ

साइनो समचारदाता

काठमाडौं । सत्तारुढ समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुराको विरोध गर्ने स्पष्ट पारेका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा सहअध्यक्ष श्रेष्ठले आफ्नो पार्टी संविधानले प्रत्याभुति गरेझैं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले संविधानले नै प्रेसबारे राम्रो व्यवस्था गरेको बताउँदै मौलिक हकका सम्बन्धमा पनि धेरै राम्रो संविधान बनेको उल्लेख गरे ।

‘सरकारसँग गरेको २ बुँदे सम्झौता कार्यान्वयन हुँदैन भने संसदको यो अधिवेशनभित्र संविधान संशोधन प्रक्रिया अघि बढाईएन भने हामी सरकारबाट बाहिरिन्छौं । सरकार, सडक र सदनबाट संघर्ष अगाडि बढाउँछौं ।’

आफ्नो पार्टीको मुख्य नीति भनेको नै जनसंघर्ष नै भएको उनको भनाई छ । उलने भने,‘सरकारसँग गरेको २ बुँदे सम्झौता कार्यान्वयन हुँदैन भने संसदको यो अधिवेशनभित्र संविधान संशोधन प्रक्रिया अघि बढाईएन भने हामी सरकारबाट बाहिरिन्छौं । सरकार, सडक र सदनबाट संघर्ष अगाडि बढाउँछौं ।’

प्रतिनिधि सभा सदस्य समेत रहेका उनले समुन्नत संघीय समाजवाद विचारधारा मान्ने जो कोही पार्टीसँगपनि एकता हुने तर नमान्नेसँग एकता नहुने पनि स्पष्ट पार्नुभयो । उनले राजपाले पार्टीको विचारधारा मानेमा एकता हुने बताएका छन् ।

सम्बन्धित खवर