विद्येकविरुद्ध दोस्रो चरणको आन्दोलनमा पत्रकार महासंघ - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

विद्येकविरुद्ध दोस्रो चरणको आन्दोलनमा पत्रकार महासंघ

साइनो समचारदाता

काठमाडौं । पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल सम्बन्धी विधेयक विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । जेठ ६ गतेदेखि सुरु गर्ने दोस्रो चरणको आन्दोलनको कार्यक्रम जेठ २५ गतेसम्म चल्नेछ । पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग सम्बोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो । महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दिन विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

महासंघले जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरूसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरूको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरूसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरूसँग छलफल गर्ने महासंघको कार्यक्रम छ । त्यसैगरी जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने जनाइएको छ । जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत् प्रदर्शन गर्ने, काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको महासचिव रमेश विष्टले जानकारी दिए ।

सम्बन्धित खवर