साइनो खबर
धादिङ । झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ हिडेको यात्रुबाहक धादिङमा बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । चार जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
ना ७ ख ४३८७ नम्बरको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा दुर्घटना हुँदा २९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । घटनाको पूर्ण विवरण आएको छैन ।