महिलाहरुले न्यूनिकरण एवम् नेतृत्व विकास गर्न सिक्दै - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

महिलाहरुले न्यूनिकरण एवम् नेतृत्व विकास गर्न सिक्दै

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा लायन्स क्लब अफ पथरीशनिश्चरेले ‘महिला हिंसा न्यूनिकरण एवम् नेतृत्व विकास’ सम्वन्धी ३ दिने तालिम सुरु गरेको छ ।

शनिबार एक कार्यक्रमकाबीच नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले प्रमुख अतिथिका रुपमा तालिमको उद्घाटन् गरिन् । कार्यक्रममा बोल्दै उपप्रमुख वास्तोलाले महिला हिंसा न्यूनिकरण र नेतृत्व विकासमा तालिमले नगरका महिलालाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा कार्यपालिका सदस्य मैनाकुमारी राई, लायन्स क्लब अफ पथरीका अध्यक्ष रोशन बुढाथोकी, लायन्स क्लब अफ पथरीशनिश्चरेकी उपाध्यक्ष देवी राईले मन्तव्य व्यक्त गरेका थिए । लायन्स क्लब अफ पथरीशनिश्चरेकी अध्यक्ष एवम् नेपाल जेसीजकी प्रशिक्षक मञ्जरी घिमिरेले तालिमको सहजिकरण गरिरहेकी छिन् । नगरको महिला लक्षित कार्यक्रम अन्तर्गतको तालिममा, नगरका महिला संस्थाका अगुवा तथा महिला जनप्रतिनिधिको सहभागिता रहेको छ ।

सम्बन्धित खवर