‘साढे ३ हत्या’ बजारमा - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

‘साढे ३ हत्या’ बजारमा

साइनो समचारदाता

काठमाडौं । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब जगतप्रसाद उपाध्याय, लेखक रुपक अधिकारी, लेखकका पिता राजन अधिकारी, सिस्नुपानी नेपालका सचिब सरोज घिमिरे कर्कट कस्यप, रेडियोकर्मी अच्युत घिमिरे ‘बुलबुल’ लगायतले सयुक्त रुपमा कृति सार्वजनिक गरेका छन् ।

शनिबार गौरीशंकर पार्टी प्यालेस कोटेश्वरमा लेखक अधिकारीको ‘साढे ३ हत्या’ उपन्यासको बिमोचन गरेका हुन् । कार्यक्रममा प्रा. जगत प्रसाद उपाध्याय, गीतकार उत्तम भौकाजी, रेडियोकर्मी अच्युत घिमिरे, सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले शुभकामना दिएका हुन् । सिस्नुपानी नेपालका सचिब सरोज घिमिरेले पुस्तकको समीक्षा गरेको कार्यक्रममा लेखकले लेख्दाको अनुभव सुनाउँदै साढे ३ हत्या बास्तबमा कुनै जिबको हत्या नभएर हार्ने सोचको हत्या भएको बताए । कार्यक्रमको औपचारिक संचालन सुस्मिता कार्कीले गरेकी थिईन् भने अन्त्यमा सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन लेखक रुपक अधिकारीका पिताले गरेका थिए । पुस्तक काठमाडौ उपत्यकामा सार्वजनिक भए लगत्तै र बाहिर केही दिनमै उपलब्ध हुने बताइएको छ । साथै बुलबुल पब्लिकेसनमा सिधै सम्पर्क गरेर घरमै पनि पुस्तक लिन सकिने जनाइएको छ ।

सम्बन्धित खवर