चुलाचुली महिला फुटबलः उपाधि शिवसताक्षीलाई - Sainokhabar
  • बुधबार, फागुन १२, २०७७

चुलाचुली महिला फुटबलः उपाधि शिवसताक्षीलाई

चेतन आङ्थुप्पो

चुलाचुली (इलाम) । चुलाचुलीको महिला फुटबल खेल पहिचान गराउने उद्देश्यले बैशाख २८ बाट सुरू भएको महिला नकआउट फुटबल खेलको फाइनल उपाधि शिवसताक्षी नगरपालिका महिला टिमले चुमेको छ ।

मोरङ उर्लाबारी गाउँपालिका महिला टिमसंग झापाको शिवसताक्षी नगरपालिका महिला फुटबल टिम ट्राइबेकरमा ६–५ गोलको अन्तरले विजयी भएको हो । खेलको निर्धारित समयभरि दुवै पक्षबाट आक्रमक र रोचक खेल भए पनि दुवै टिमबाट गोल हुन नसक्दा खेल बराबरीभएपछि पुनः खेल पेनाल्टीमा पुगेर टुङ्गिएको थियो । विजयी टिमलाई नगद ३० हजार, उपविजेता टिमलाई २० हजार रूपैयाँसहित, ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरिएको थियो । खेलको ओमन उफ दि म्याच उर्लाबारीकी रेखा पौड्याल, उच्च गोल उपविजेता टिमकै सावित्री मगरले, उत्कृष्ट गोलकिपिङ विजेता टिमको विसाका राई, सर्वोउत्कृष्ट खेलाडी विजयी टिमकै मुना लावती, उत्कृष्ट डिफेन्स, मिडफिल्डर क्रमशः सुस्मा राई, सरिता शेर्पा, उदियमान खेलाडी चुलाचुली महिला फुटबल क्लवको गितु भुजेलले भएको थियो ।

चुलाचुली महिला फुटबल समितिले आयोजना गरिएको खेलमा जम्मा ७ वटा टिमले सहभागीता जनाएको थियो । समितिका अध्यक्ष अमृत साम्पाङ राईले महिला फुटबल प्रतियोगितामा हजारौं दर्शकहरूको उपस्थितिले खेल ऐतिहासिक भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित खवर