‘शक्तिशाली सुकुम्बासी आयोग आवश्यक’ : प्रदेश सासंद राई(फोटो फिचर सहित) - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

‘शक्तिशाली सुकुम्बासी आयोग आवश्यक’ : प्रदेश सासंद राई(फोटो फिचर सहित)

साइनो समचारदाता

पथरी । संसदीय दलका सचेतक एवम प्रदेश सभा सदस्य सुयर्माराज राईले पथरी शनिश्चरे नगरको सुकुम्बासी समस्या समाधानका लागि शक्तिशाली आयोग आवश्यक रहेको बताएका छन् ।

२५६३ औं बुद्ध जयन्ती विशेष कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘सुकुम्बासी समस्याको लागि शक्तिशाली आयोग आवश्यक छ । अरु क्षेत्रको समस्या भन्दन पथरीको पृथक समस्या छ ।’ विशेष अधिकार प्राप्त आयोग बनाउन आवश्यक रहेको औलाउँदै उनले सुकुम्बासी समस्या समग्र नागरिकको समस्या रहेको बताएका छन् । कुनै पार्टीको समस्या नभएकाले साझा सोचको साथ अगाडि बढेर अगाडि बढुनुपर्ने बताएका छन् ।

कार्यक्रममा नगरकी उप प्रमुख यमुना विष्ट बास्तोला, हरियाली सामुदायिक बनका अध्यक्ष काबुलबहादुर मगर, राजु घिसिङलगायतले शुभकामना व्यक्त गरेका थिए । डम्बर बहादुर तामाङको सञ्चालनमा भएको कार्यक्रम दिलबहादुर प्राख्रिनको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
शनिबार मोरङको पथरी शनिश्चरेमा साङाग छयोइलिङ गुम्बा पथरीको आयोजनमा जयन्ती मनाइएको हो । ऊँ सियार जम्मुलिङ बज्र गुम्बा, साङाग लगायत नगरका ९ वटा गुम्बा समिति सम्मिलित बौद्ध धर्म समन्वय समिति गठन भएको छ । ती ९ वटा गुम्बामा पनि मनाइएको थियो । औपचारिक कार्यक्रम अघि प्लेकार्डसहित शान्ति र्याली निकालिएको थियो । र्याली नगर परिक्रमा गरिएको थियो । 

सम्बन्धित खवर