‘राजनीतिक विषयमा समचार सम्प्रेसण नगर्ने’ - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

‘राजनीतिक विषयमा समचार सम्प्रेसण नगर्ने’

साइनो समचारदाता

पथरी । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै पूर्वी मोरङमा रहेका पत्रकारहरुले उर्लाबारीमा एक घण्टा सञ्चार सामग्रीसहित सडकमा प्रदर्शन गरेका छन् ।


पूर्वी मोरङको बेलवारी, कानेपोखरी, पथरी शनिश्चरे, उर्लाबारी, रतुवामाई र मिक्लाजुका पत्रकारहरु भेला भई उर्लाबारी मुख्य चौकमा एक घण्टा सञ्चार सामग्री सडकमा प्रदर्शन गरेका हुन् । सो विधेयकको बिरोधमा देशभर आन्दोलन गर्ने नेपाल पत्रकार महासंघको पहिलो पहिलो चरणको कार्यक्रमअनुसार सञ्चार सामग्री प्रदर्शनको कार्यक्रम गरिएको हो । कार्यक्रममा महासंघका केन्द्रीय प्रतिनिधि अजुर्न जम्नेली राईले प्रेस स्वतन्त्रता विरोध विधेयक तत्काल फिर्ता नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए । बिधेयक फिर्ता नभएको खण्डमा देश भरका पत्रकारले नेता र राजनीति विषयमा समचार सम्प्रेसण नगर्ने जनाए । कार्यक्रममा महासंघका केन्द्रीय प्रतिनिधि अर्जुन जम्नेली राई, पत्रकार भक्तशेर लिम्बु र सञ्चार क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले सम्बोधन गरेका थिए ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा ४० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो । प्रदर्शन अघि जेठ १ गते पूर्वी मोरङका सबै सञ्चारकर्मीले कार्यक्षेत्रमा कालो पट्टी बाँधेर काम गरेका थिए भने सोही दिन अन्तरक्रिया समेत गरिएको थियो । संसदमा दर्ता भएको बिधेयकले स्वतन्त्र पत्रकारिता, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रता जस्ता कुराहरुलाई कुण्ठित पार्नेगरि ब्यवस्था गर्न खोजेकोले आन्दोलन गर्नुपरेको पत्रकार महासंघले जनाएको छ । कार्यक्रम महासंघका जिल्ला सहसचिव सन्तोष राईको संयोजनमा भएको थियो ।

सम्बन्धित खवर