तेस्रो अमरदह ढल्के जोवनको फाईनलमा दमक भेट्रान र ईटहरी भेट्रान भिड्ने - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

तेस्रो अमरदह ढल्के जोवनको फाईनलमा दमक भेट्रान र ईटहरी भेट्रान भिड्ने

मोरङ्गको सुनबर्सी नगरपालिका वडा नं। २ अमरदहमा जारी प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न दोस्रो सेमिफाईनल खेलमा उर्लाबारी भेट्रान क्लव उर्लाबारीले ० का बिरुद्ध ३ गोल गर्दै द योङ बदर्स भेट्रान ईटहरीलाई सुनसरी फाईनल प्रबेश गरेको छ ।

राष्ट्रीय खेलाडी अनिल गुरुङ उर्लाबारी भेट्रानका लागि बल बढाउदै


नेपाल आर्मीका खेलाडी टेक बहादुर बुढाथोकी उर्लाबारी भेट्रानका लागि बल बढाउदै

खेलको म्यान अफ द म्याच गहण गर्दै द योङ बदर्सका तिर्थ बस्नेत

राष्ट्रीय खेलाडी अनिल गुरुङ, आर्मीका टंक बुढाथोकी, थ्रि स्टारका बिजय धिमाल र बिक्रम लिम्बुका साथमा बुद्धि चेम्जोङ र अंगुर खड्का सहित मैदान प्रबेश गरेको उर्लाबारीलाई खेलको ३० औं मिनेटमा योङ बदर्स भेट्रानका भोला राईले गोल गर्दै खाता खोलेका थिए । एक पछि अर्को आक्रमक खेल खेलेको उर्लाबारीले स्कोर गर्न नसक्दा द योङ बदर्स ईटहरीका लिला राज मगरले खेलको ३५ औ मिनेटमा गोल गर्दै अग्रता दोबर पारे ।
पहिलो हाफ २–० को अग्रता लिएको द योङ बदर्स ईटहरीले दोस्रो हाफको २३ औं मिनेटमा तिर्थ बस्नेतले गोल गर्दै ३–० को अग्रता दिलाए ।
अवधिभर उत्कृष्ट प्रदशन गरेका उर्लाबारीका राष्टिय खेलाडी र ए डिभिजनका खेलाडीले खेल अवधीमा कुनै गोल गर्न नसके पछि सेमिलाईनल सम्मको यात्रामै चित्तबुझाउनु पर्यो ।

खेल उत्कृष्ट प्रदशन गर्दै एक गोल गरेका द योङ बदर्स ईटहरीका तिर्थ बस्नेत खेलको म्यान अफ द म्याच घोषित हुदै नगद ५ हजार रुपियाँ र मेडल हात पारे । ७ गते हुने फाईनल खेल पुर्वाञ्चल भेट्रान दमक र द योङ बदर्स भेट्रान ईटहरीका बिच हुने छ । प्रतियोगीता बैशाख २१ देखि जेष्ठ ७ गते सम्म सुनबर्शी नगरपालिका २ अमरदहको बिरेन्द्र सार्वजनीक मा। वि। मा संचालन हुदैछ ।

१ नं. प्रदेशका १६ टिमले भाग लिएको प्रतियोगितामा ३० बर्ष पुगेका भेट्रान खेलाडीहरुले प्रतिस्पर्दा गर्दै छन । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजारका साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

सम्बन्धित खवर