नेफिन मोरङमा थेबे निर्वाचित - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

नेफिन मोरङमा थेबे निर्वाचित

साइनो समचारदाता

सुन्दर हरैचा । नेपाल आदिबासी जनजाति महासंघ(नेफिन) जिल्ला समन्वय परिषद्, मोरङको चौथो जिल्ला अधिबेशनले विराटनगरका दिलबाहादुर थेबेलाई अध्यक्षमा निर्वाचति गरको छ ।

सुन्दर हरैचाको विराटचोकमा शुक्रबार साझ भएको मत परिणामअनुसार पूर्व उपाध्यक्ष समेत रहेको थेबेले ९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले उर्लाबारीका निवर्तमान उपाध्यक्ष नरबहादुर मोक्तानलाई १ मतको अन्तरले पराजित गरेका हुन् । त्यस्तै उपाध्यक्षमा ९ मत प्राप्त गर्दै कानेपोखरीका भोजवीर माझी निर्वाचित भएका छन् । नरेश सिंह दनुवार भने स्पर्धीसँंग ८÷८ मत आएपछि चिठ्ठा प्रणालीबाट निर्वाचित भए । माझी पूर्व सचिब हुन् भने दनुवार निवर्तमान सदस्य हुन् । अर्की उपाध्यक्ष पदमा विराटनगरकी प्रमिला देवान याक्खा निर्विरोध निर्वाचित भएकी हुन् । सुन्दरहरैचाका वीरेन्द्र श्रेष्ठ पनि निर्विरोध सचिवमा निर्वाचित भएका छन् । सुन्दर हरैचाकै प्रेमबहादुर राईले १० मत प्राप्त गर्दै कानेपाखेरीका कृष्ण थामी पराजित गरेका हुन् । थामी निवर्तमान सदस्य हुन् । सहसचिबमा १४ मत प्राप्त गर्दै भुपाल खवास र ११ मत प्राप्त गर्दै ललित चौधरी निर्वाचित भएका छन् । २ मत भने बदर भएको थियो ।

चौथो अधिबेशनको बन्द सत्रमा १९ प्रतिनिधि सहभागीत थिए । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, नेपाल सन्थाल आदिबासी उत्थान संघ, राजबंशी समाज विकास समिति, नेपाल माझी उत्थान संघ, भुजेल समाज सेवा समिति, नेवाः देय् दबू, धिमाल जाति विकास केन्द्र, दनुवार जागरण समिति, थारु कल्याणकारिणी सभा, नेपाल थामी समाज, नेपाल तामाङ घेदुङ, ताजपुरिया समाज कल्याण, नेपाल झाँगड ९उराउ० कोडे«म सुधारा, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् र नेपाल गन्गाई कल्याण परिषद्का १ प्रतिनिधि र एक पर्यवेक्षक सहभागी भएका हुन् ।

नेफिनको उद्घाटन सत्र भने गत बैशाख २० गते गछिया बजारमा भव्यताका साथ सम्पन्न भएको थियो । ‘अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिबासी जनजातिको अडान, पहिचानसहितको संघीयताको लागि संविधान संशोधन, हाम्रो साझा अभियान’ भन्ने नाराको साथ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मोरङको ऐतिहासिक चौथो अधिबेशन भव्यताका साथ सम्पन्न भएको थियो । अधिबेशनमा सहासंघका महासचिब नित्यानन्द ताजपुरिया, प्रदेश अध्यक्ष ध्रुब सुब्बा, लेटाङ नगरपालिका प्रमुख शंकर राई, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोलगायतले सम्बोधन गरेका थिए । उद्घाटन सत्र लगत्तै २१ गते हुने भनिएको बन्द सत्र प्रतिनिधिमा विवाद देखिएकाले सरेको थियो ।

नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ हो । सम्वत् २०४७ सालमा स्थापना भएको महासंघ एक स्वायत्त, राजनीतिक रुपमा गैरपक्षपाती र मुनाफारहित राष्ट्रिय संस्था हो । नेपालका आदिवासी जनजातिहरूको हक, हित, अधिकारका लागि महासंघ आफ्नो स्थापना कालदेखि विश्वभरका आदिवासीय संघसंस्थाहरूसँग सहकार्य गर्दै निरन्तर क्रियाशील रहँदै आएको छ ।

सम्बन्धित खवर