रौतामाइका राई निर्घात पिटिए - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

रौतामाइका राई निर्घात पिटिए


साइनो समचारदाता

उदयपुर । गगनलाई बोलाउदा रौतामाई गाउँपालिका ५ उदयपुरका पवन राईले हजुर भनेपछि उत्पन्न सामान्य बिबादको बिषयलाई कुटपिट भएको छ ।

६ जनाको युबाहरुको समूहले बुधबार साझ पवन राईलाई कुटपिट गरेका हुन् । उनीहरुले प्रहरी नआइन्जेलसम्म पवनलाई बाबुलाई समेत नदिइ बन्धक बनाएर राखेका थिए । राईलाई बासु राई, बिज्ञान राई, युबराज राई, मानब राई, गगन राई, भूपाल राई मिलेट कुटेका थिए । कुटपिटमा संलग्न रौतामाई गाउँपालिका वडा नम्बर ५ का तत्कालिन एमालेबाट निर्वाचित वडा अध्यक्ष पाण्डोप राईको भाइ तथा छोराहरु हुन् । कुटपिटमा संलग्नलाई प्रहरी चौकीमा नलगी घटनास्थल पुगेका असई राजकुमार चौधरीले रक्तपिछेल अबस्थामा रहेका पवन राईलाई मात्र साउने प्रहरी चौकी लगेको थियो । राईको टाउकोमा गम्भीर चोट लागेको छ । चोटले गम्भीर अवस्थामा रहेको उनलाई प्रहरीले प्राथमिक उपचार समेत नगराई साउने प्रहरी चौकीमा राखेको थियो । हाल उनको सिभिल हस्पिटल गाइघाटमा उपचाररत छन् । घटनाको बारेमा प्रहरीमा किटानी जाहेरी पीडित पक्षले दिएको छ । तर दोशी बजारमै खुलेआम हिडे पनि प्रहरीले कारबाही प्रक्रिया अगाडि नबडाएको भन्दै स्थानीयले गुनासो गरेका छन् । उनीहरुले पिडक वडाध्यक्षको भाइ र छोराहरु भएकैले सत्ता र शक्तिको प्रभाबमा दोशीलाई कारबाही नहुने होकि भनेर चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित खवर