चुलाचुली महिला गोल्डकपः उर्लाबारीद्वारा माङसेबुङ पराजित - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

चुलाचुली महिला गोल्डकपः उर्लाबारीद्वारा माङसेबुङ पराजित


साइनो समचारदाता

चुलाचुली (इलाम) । चुलाचुलीको महिला फुटबल खेल पहिचान गराउने उद्देश्यले जारी महिला नकआउट फुटबलको फाइनलमा उर्लाबारीे पुगेको छ ।

मोरङ उर्लाबारी नगरपालिकासंग माङसेबुङ गाउँपालिका इलाम ५–० गोल अन्तरले हार खायो । उर्लाबारीको तर्फबाट पहिलो हापको खेल सुरूवातको ७ औं मिनेटमै जर्सी नं.७ की सावित्रा मगरले पहिलो गोल गरिन भने, क्रमशः २४ र ३३ औं मिनेटमा २ गोल थपेकी थिइन । खेलको दोस्रो हापको ३ औं मिनेटमै माङसेबुङको जर्सी नं. ३ कि शिला राईको खुट्टामा लागेर आत्माघाती थप गोल लागेको हो । खेल रोचक र आक्रमक हुँदै जादा १७ औं मिनेटमा जर्सी नं. ३ की इन्दिरा लिम्बूले गोल गर्दै टिमलाई विजयी तर्फ लगेको थियो । खेलको ओमन उफ दि म्याच विजयी टिमका जर्सी नं.१० की इमा राईलाई ५ सय रूपैयाँ सहति टर्फि, मेडल र प्रमाणपत्र कार्यक्रमको अतिथि डम्बर तुम्रोकद्वरा प्रदान गरिएको थियो ।

जेठ ४ गते हुने फाइनल खेलमा शिवशताक्षी नगरपालिका र उर्लाबारी बीचको प्रतिस्पर्धा रहने आयोजकका अध्यक्ष अमृत साम्पाङ राईले जनाएको छ ।

सम्बन्धित खवर