सहयोग उठाएर जातिरि पर्व मनाइयो(फोटो फिचर सहित) - Sainokhabar
  • मङ्गलबार, असोज ०५, २०७८

सहयोग उठाएर जातिरि पर्व मनाइयो(फोटो फिचर सहित)

चेतन आङ्थुप्पो

दमक । झापाको दमक नगरपालिका वडा नं. ५ को खरखरे स्थित महाराजथानमा धिमाल समुदायको जातिरि पर्व(असारे मेला)विहिबार सम्पन्न गरिएको छ ।धिमाल जातीय विकास केन्द्र नेपाल गाउँ कमिटीले आयोजना गरिएको उक्त जातिरि पर्वलाई ढङढङगे, जातिरि बजार वा असारे पूजा नामले चिनाउँदै आएको पाइन्छ ।

समितिका अध्यक्ष झर्क धिमालका अनुसार आर्थिक अभाव साथैं समितिहरूको निष्क्रियतमा रोकिन्दै आएको जातिरि पर्व (असारे पूजा) ५ बर्षपछि ४६ घरधुरि मिलेर आयोजना गरेको हो । यसपटक पुजा गर्न ५० घरले प्रति घर ५ सय रूपैयाँ सहयोग उठाएर पुर्खाहरूले मान्दै आएको धर्म संस्कार नमास्ने उद्देश्यले जातिरि मेला आयोजना गरिएको हो । घरपरिवारमा आफ्नो आफन्त, कुलकुटुम्बलगायतको भेटघाट हुने, दुखःसुखको कुराकानी गर्दै, मिष्ठान परिकार खुवाउने, खाने चलन छ । मन्दिरमा पुजा कुखुरा, बोका, सुगरको पाठा बली दिएर लछिमी भगवानलाई चडाउने गरेका छन् । मेलामा आयोजना गरिएको खुल्ला मैदानमा बाँसको लिङ्गो गाडिने चलन छ । झर्क धिमालकै अनुसार, पुर्खाहरूले लिङ्गो वरिपरि ढोल नाच्ने ठाउँमा दुवै तिरबाट कुसबाट बनाएको भालेपोथी बादरको प्रतीक राखिन्छ, जुन प्रतीक मायाको वा तरुनी, तन्नेरीहरूको हेराहेर, भेटघाट हुने विशेष दिन पनि मानिन्छ ।

२०११ साल यता देखि यहि ठाउँमा धिमाल समुदायको असारे पुजा गर्दै आएको धन बहादुर धिमाल‘६०’ले वताए । उनले मन्दिर स्थल पहिले ५ कठ्ठा भएको जग्गा नम्बरी नभएकै कारण मिचिएको, बाँकी रहेको ३ कठ्ठा जग्गा अहिले ४५ घर धुरीको नेतृत्वमा धिमाल जातीय विकास केन्द्र नेपाल गाउँ कमिटी संस्थाको नाममा धनीपुर्जा निकालेको बताएका छन् ।


पहिले धिमालहरूको बसोबास जंगलमा भएकोले हात्ती, घोडा, बाघहरूलाई तर्साउनका लागि ढोल प्रयोग गर्ने गरेका थिए, अहिले त्यहि ढोल नाच जातिरि पर्वमा प्रतियोगिता समेत गर्छन् । यसपटक एकै साथ झापाको बाह्रघरे, जोगी चवान पनि मेला आयोजना गरिएको हुनाले धिमालहरूको आफ्नै भेषभुषामा झाँकी नाच, ढोल नाचको सहभागी हुन नसकेको आयोजक समितिले जनाएको छ ।


कतिपय धिमाल जातिकै पुराना पुस्ताहरूमै संस्कार, संस्कृति बारेमा अनविज्ञ रहेको हुनाले यस पर्वहरूका बारेमा अझैं पनि धिमाल समुदायको नयाँ पुस्तालाई जातिरि पूजा के हो ? भन्ने बारेमा थाहा छैन् । हरेक बर्षको बैशाख २ गते भोगटेनी राजारानी मोरङबाट सुरू भएर वडा, टोलटोलमा मनाउँदै आएका धिमाल समुदायले असार २ गते मोरङ जिल्लाको उर्लाबारी मंगलबारे दश विघामा सम्पन्न हुदैछ ।

तस्वीरः चेतन आङथुप्पो

सम्बन्धित खवर