काउन्सिलले टेलिभिजनलाई तीन दिनसम्म जवाफ दिन निर्देशन, विभिन्न संघ संस्थाद्वारा कारबाहीको माग - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

काउन्सिलले टेलिभिजनलाई तीन दिनसम्म जवाफ दिन निर्देशन, विभिन्न संघ संस्थाद्वारा कारबाहीको माग

साइनो समचारदाता

काठमाडौं । प्रेस काउन्सिल नेपालले एभिन्युज टेलिभिजनसंग स्पष्टिकरण सोध्दै तीन दिनसम्म जवाफ दिन निर्देशन दिएको छ । एभिन्युज टेलिभिजनलाई तीन दिन भित्र जवाफ दिन निर्देशन दिइएको काउन्सिलका सह प्रशासकीय अधिकृत दिपक खनालले जानकारी दिए ।

समाजबादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसंग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषा शैली र शब्द चयनका बिषयलाइए लिएर स्पष्टिकरण सोधेको हो । उपप्रधान मन्त्री यादवसंग आइतबार राति लिइएको अन्तरवार्ताका क्रममा अन्तरतार्वाकारले पत्रकार आचार संहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिएको ठहर गर्दै उक्त टेलिभिजन संग स्पस्टिकरण सोधेको हो ।

पत्रकार आचार संहिता विपरीत ठाडो, अज्ञानी तथा मुर्खहरुको मुखिया झैँ सोधिएका प्रश्न र अभद्र एवं पूर्वाग्रही प्रस्तुति प्रति संघीय प्रेस फोरम नेपाल सहित दर्जनौ संघ संस्थाले दुःख व्यक्त गर्दै पत्रकारिता जगतको नै मानमर्दन हुने गरी अपमान जनक एवं बदनियतपूर्ण ढंगले उपप्रधानमन्त्री यादवमाथि भएको यस्तो दुव्यर्वहारको घोर निन्दा एवं भत्र्सना गरेको छ । भत्र्सना गर्ने संघ संस्थाहरुमा संघीय प्रेस फोरम नेपाल सहित, चम्पक सुनुवार किराँत न्यायप्रेमी एवम् सामाजिक युवा अभियन्तालगायतका रहेका छन्  ।

समाजबादी युवा फोरम नेपालले ७७ जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई सम्बन्धित टेलिभिजन र कार्यक्रम सञ्चालकलाई कडा कारबाही गर्नुपर्ने भन्दै माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

सम्बन्धित खवर