उर्लाबारी सेमिफाइनलमा, आज शिवसताक्षी र हल्दिबारी भिड्ने - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

उर्लाबारी सेमिफाइनलमा, आज शिवसताक्षी र हल्दिबारी भिड्ने


साइनो समचारदाता

पथरी । महिला नकआउट फुटबल प्रतियोगितामा मोरङका उर्लाबारी नगरपालिका सेमिफाइनल प्रवेश गरेको छ । उर्लाबारी नगरपालिकासंग चुलाचुली महिला फुटबल क्लव बी टिम २–० गोलको अन्तरले बाहिरिएको छ । उर्लाबारी तर्फबाट दोश्रो हापको ४५ औं मिनेट खेलमा जर्सी नं. १० की ईमा राईले पहिलो गोल गरिन् भने, खेलको ५२ औं मिनेटमा जर्सी नं. ७ की सावित्र मगरले दोस्रो गोल गरेर टिमलाई विजयी गराउन सफल रहयो । खेल को म्यान अफ उफ दी म्याच सावित्रा मगरले हात पारिन् । आजको पहिलो सेमिफाइनल शिवसताक्षि नगरपालिका र हल्दिबारी गाउँपालिका बीच हुनेछ ।

सम्बन्धित खवर