सगरमाथा भेट्रान बिराटचौकलाई हराउदै पुर्वाञ्चल भेट्रान दमक सेमिफाइनल प्रवेश - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

सगरमाथा भेट्रान बिराटचौकलाई हराउदै पुर्वाञ्चल भेट्रान दमक सेमिफाइनल प्रवेश

साइनो समचारदाता पथरी / मोरङ्गको सुनबर्सी २ अमरदहमा जारी प्रदेश स्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा पुर्वाञ्चल भेट्रान दमक विजयी भएको छ ।


सगरमाथा भेट्रान क्लव बिराटचौकलाई ० का बिरुद्ध १ गोल गर्दै पुर्वाञ्चल भेट्रान दमक सेमिफाईनल प्रबेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टिममा एडिभिजन क्लवबाट खेलिसकेका खेलाडीहरुले भरिएको थियो ।खेलको ५५ औ मिनेटमा पुर्वाञ्चल भेट्रान दमकका किरण राई ले सचिन्द्र धिमालको पासमा हेड गर्दै खेलको निर्णनायक गोल गरे ।


निकै घम्सा घम्सी खेलमा खेलको १७ औं मिनेटमा सगरमाथा भेट्रानका खगेन्द्र खड्काले डिफेन्डरलाई बिट मार्दै वान भर्सेस वान बल डिबक्स भित्रबाट गोल गर्न चुकेका थिए । सगरमाथाले पाएको निकै राम्रा राम्रा मैका चुकाउदा हार बेहोर्नु परेको हो । दोस्रो हाफको १४ औं मिनेटमा सगरमाथाका भेट्रानका जग बहादुर राईले सानो डिबक्स भित्र पाएको बल आउट गरे पछि सगरमाथा भेट्रानको यात्र क्वाटरमै समाप्त भयो ।
मंगलवारको खेलको म्यान अफ द म्याच पुर्वाञ्चल भेट्रान दमकका सचिन्द्र धिमाल घोषित हुँदै नगद २ हजार रुपियाँ र मेडल हात पारे ।
बुधवारको चौथो क्वाटरफाइनल खेल घरान भेट्रान र ईटहरी भेट्रानका बिच हुने छ ।


प्रतियोगीता बैशाख २१ देखि जेष्ठ ७ गते सम्म सुनबर्शी नगरपालिका २ अमरदहको बिरेन्द्र सार्वजनीक मा. वि. मा संचालन हुदैछ ।१ नं. प्रदेशका १६ टिमले भाग लिएको प्रतियोगितामा ३० बर्ष पुगेका भेट्रान खेलाडीहरुले प्रतिस्पर्दा गर्दै छन । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजारका साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

सम्बन्धित खवर