आज पथरीमा काङग्रेस नेता सिटौलाले सम्बोधन गर्दै - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

आज पथरीमा काङग्रेस नेता सिटौलाले सम्बोधन गर्दै

साइनो समचारदाता

पथरी । नेपाली काङ्ग्रेसका प्रभावसाली नेता तथा केन्द्रिय सदस्य कृष्ण प्रसाद सिटौला ‘हिमाल पहाड तराई मधेस राष्ट्रिय जागरण’ कार्यक्रम अन्तरगत आज मोरङको पथरी शनिश्चरे नगरमा आउदैछन् ।

नेपाली काङ्ग्रेसको जागरण कार्यक्रम अनुसार काङग्रेसका नेताहरु देश दौहाडामा निस्किएका छन । हिमाल पाहाड तराइ मधेस राष्ट्रिय जागरण कार्यक्रममा नेता सिटौलालगायत केन्द्रिय नेता र प्रतिनिधिहरुले कार्यकर्ता माझ सम्बोधन गर्ने कार्यक्रम तय भएको नगर अध्यक्ष टेक बहादुर थापाले बताए । पछिल्लो राजनीतिक घटनाको क्रमको अवस्था, सरकारको गतिविधिले नेपाली जनताले भोग्नु परेको समस्या, स्थानीय सरकारको उत्तरदायित्वका साथै कार्यकर्ताहरुलाई उर्जावान बनाउने विषयमा सम्बोधन गर्ने नगर सचिव दुर्गा प्रसाद भट्टराई बताए । कार्यक्रम पथरी उद्योग बाणिज्य संघको सभा हलमा हुने नेपाली काङ्ग्रेस नगर समितिले जानकारी दिएको छ ।

सम्बन्धित खवर