प्रदेशस्तरीय दोस्रो सीएम कन्दङ्वा क्रिकेट प्रतियोगिता हुने - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

प्रदेशस्तरीय दोस्रो सीएम कन्दङ्वा क्रिकेट प्रतियोगिता हुने

साइनो समचारदाता

पथरी । सीएम कन्दङ्वा प्रदेश नं. १ स्तरीय टी–२० क्रिकेट प्रतियोगिता जेठ ११ गतेदेखि मोरङको पथरी शनिश्चरेमा हुने भएको छ ।

सोमबार आयोजक पथरी शनिश्चरे क्रिकेट क्लबले पत्रकार सम्मेलन गर्दै प्रदेशस्तरीय दोस्रो सीएम कन्द्ङ्वा क्रिकेट प्रतियोगिता बारे जानकारी गराएको हो । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित हुने प्रतियोगिताका विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय २२ रुपैया प्राप्त गर्नेछन् । त्यस्तै वेष्ट बलर÷वेष्ट ब्लाट्स मेन÷मेन अफ द सिरिजलाई २ हजार ५ सय ५५ नगद र ट्रफी तथा प्रत्येक खेलका घोषित मेन अफ द म्याचलाई १ हजार १ सय ११ नगद र ट्रफीे पुरस्कारको व्यवस्था छ । जेठ १८ गतेसम्म जारी रहने प्रतियोगिताको मूख्य प्रायोजक एभरेष्ट अंग्रेजी आवसिय माध्यमिक विद्यालय रहेको छ । क्लबका कोषाध्यक्ष एन्जल राईले ३ लाख ८० हजार खर्च र ४ लाख २५ हजार आम्दानी गरी कुल ४४ हजार १ सय १२ रुपैया प्रतियोगिताबाट बचत हुने अनुमान गरेका छन् ।

प्रदेशस्तरीय प्रतियोगिता भनिएपनि झापा, मोरङ र सुनसरीका १६ टिमले प्रतियोगितामा सामेल हुने भएको छ । मोरङका ७ टिम, सुनसरीका ४ टिमसहितले प्रतियोगितामा स्पर्धा बताइएको छ । पथरी रङ्गशाला हुने प्रतियोगिता यस अघि २०७५ साल जेठ ५ गतेदेखि १२ सम्म सञ्चालन भएको थियो । सीएम कन्दङ्वाले एभरेष्ट अग्रेजी आवसीय मावि स्थापना गरेका हन् । यो विद्यालय पथरीको जेठो संस्थागत विद्यालय पनि हो ।

सम्बन्धित खवर