चारदिनदेखि बेपत्ता धिमाल मृत्त फेला - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

चारदिनदेखि बेपत्ता धिमाल मृत्त फेला

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० का ३५ वर्षिय कमल धिमाल मृत अवस्थामा फेला परेका छन । सोही वडाको पशुपति सामुदायिक वनको बागे सिमसार क्षेत्रमा घाटीमा डोरि लगाएको अवस्थामा मृत अवस्थामा फेला परेका छन ।

मृतक धिमालको शव रहेको छेउको रुखमा समेत डोरी बाधेको छ । धिमाल बैशाख २७ गते शुक्रबार बिहानदेखि हराएको छोरा राजेश धिमालले बताए । बिरामी अवस्थामा रहेका उनी बिहीबार राति सुतेको, शुक्रबार बिहान हेर्दा नभएपछि प्रहरीमा जानकारी दिए । वनमा च्याउ खोज्न आउने शिविरका केही ब्याक्तीहरु सडेको अवस्थामा नरिवलको डोरीले घाटीमा बाधेको शव भेटे पछि प्रहरीलाई जानकारी दिएका थिए । धिमाल श्रीमती अर्कैसंग हिडेपछि मानसिक अवस्था कमजोर हुनुका साथै बिरामी रहेका थिए । धिमाल यो भन्दा अगाडि पनि आत्मा हत्या गर्ने प्रयास गर्दै आएको छोराले बताए ।

सम्बन्धित खवर