‘मातृभाषाप्रति सरकार र सरोकारवाला उदाशिन’ - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

‘मातृभाषाप्रति सरकार र सरोकारवाला उदाशिन’

साइनो समचारदाता

पथरी । मातृभाषाको विकासको लागि सरकार र मातृभाषाका सरोकारवालाहरु उदाशिन रहेको बताएका छन् ।

शनिबार पथरी शनिश्चरे मोरङमा आयोजित अनौपचारिक आनिपान साक्षरता समापन कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन् । सिरिजंगा केःलाङ सयङका अध्यक्ष भद्रध्बज खजुम, किरात याक्थुङ चुम्लुङका प्रदेश सदस्य सन्तोष सिरेङ, साइनो खबर अनलाइनका प्रधान सम्पादक फिपराज बेघा, चन्द्रकिरातेश्वर माविका मातृभाषा शिक्षक पूर्ण चेम्जोङ, चुम्लुङका अध्यक्ष पर्शुराम सिरेङ, सहसचिब मौसम याक्थुङबा, सदस्य दलबहादुर थाङ्देनलगायतले भाषाप्रति सरकार र सरोकारवाला उदाशिन भएकाले भाषा लोप हुदै गएको बताएका छन् । बक्ताहरुले भाषिक नीतिमा असमानता रहेकाले सरोकारवावालाको जागरुकता हुनुपर्ने आवश्यकता औल्याउँदै सरकारले मातृभाषाको पठनपाठन गर्नुपर्ने, माृतभाषा शिक्षक नियुक्ति गर्नुपर्ने, स्थानीय तह तथा प्रदेश तहमा मातृभाषालाई सरकारी कामकाजी भाषा भाषा बनाउनुपर्ने बताएका छन् ।

किरात याक्थुङ चुम्लुङ नगर शाखा पथरीशनिश्चरेको आयोजनामा चन्द्र किरातेश्वर माध्यमिक विद्यालमा १ महिना अघिदेखि किरात सिरिजङ्गा लिपि प्रशिक्षण कार्यक्रम सुरु भएको थियो । ७० जना सहभागी रहेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक पूर्ण चेम्जोङले परीक्षा समेत सञ्चालन गरेका थिए । परीक्षामा लुङ्मा चेम्जोङ, हाङ्मा बेघा, आरती तुम्बापो, जमुना चेम्जोङ र निर्जला लिम्बु क्रमशः प्र्रथम दोस्रो, तेस्रो, चौथो र पाँचौ भएका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सन्तोष सिरेङ, विशिष्ट अतिथि फिपराज बेघाले प्रमाणपत्र र नगद वितरण गरेका थिए । साथै नेहा साँबालाई छात्रवृद्धिसमेत विरतण गरेको थियो ।

सम्बन्धित खवर