तेह्रथुम भेट्रान विजयी - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

तेह्रथुम भेट्रान विजयी

साइनो समचारदाता

पथरी । प्रदेशस्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा आयोजक अमरदह भेट्रानलाई हराउँदै तेह्रथुम भेट्रान दोस्रो चरणको प्रबेश गरेको छ।

निर्धारित ७० मिनेटको खेलमा कुनै पनि गोल हुन नसके पछि खेलको निर्णय ट्राईबेकरमा धकेलिएको थियो । आयोजक अमरदहले निकै राम्रा अवसर पाए पनि गोल गर्न सकेन भने पाहुना टोली तेह्रथुमले पाएका राम्रा राम्रा मौकाहरु आयोजकका गोल किपर सरकुमार राईले जाली चुम्न दिएन्न । ट्राईबेकरमा आयोजकका राजकुमार खड्का, संजय राई र मिलन राईले गोल गरे भने दिपेन गिरोको बल तेह्रथुमका गोल किपर संन्जेन राईले उत्कृष्ट बचाउ गरेका थिए । त्यस्तै तेह्रथुमका प्रदिप राई, हुक्मानसिंह लिम्बू, मानबहादुर लिम्बू, डिकेन्द्र श्रेष्ट र सुबाष लिम्बुले गोल गरे । खेलको म्यान अफ द म्याच तेह्रथुमका गोल किपर संन्जेन राई घोषित हुँदै नगद २ हजार प्रापत गरे ।

भोलिको शनिबारको अन्तिम प्रिक्वाटर खेल भाउने भेट्रान र धरान भेट्रान बिच हुनेछ । ३० बर्ष नाघेका १ नं. प्रदेशका १६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ। अमरदह ढल्के जोवनको आयोजनामा भएको प्रतियोगिता सुनबर्षी नगरपालिका वडा नं. २ मा रहेको बिरेन्द्र सावर्जनीक माविको खेल मैदानमा बैशाख २१ देखि सुरु भई जेठ ७ गते सम्म सन्चालन हुदैछ ।

सम्बन्धित खवर