घतानीले जिते मिस्टर पथरी (भिडियो सहित) - Sainokhabar
  • शनिबार, फागुन २२, २०७७

घतानीले जिते मिस्टर पथरी (भिडियो सहित)

साइनो समचारदाता

पथरी । पथरी फिटनेस क्लवको आयोजनामा भएको मिस्टर पथरी सुगठन प्रतियोगिताको उपाधि मनोज घतानीले जितेका छन ।

घतानीले १० जना प्रतिस्पर्धीलाई उछिन्दै मिस्टर पथरी शारिरीक सुगठनको उपाधि चुम्न सफल भए भने, फस्ट रनर अप राज लिम्बू, सेकेन्ड रनर अप सन्दीप लिम्बू भएका छन । मिस्टर पथरी बनेका घतानीले नगद २५ हजार र फष्ट रनर अप र सेकेन्ड रनर अफ राज लिम्बु र सन्दिप लिम्बुले क्रमस २० हजार, १५ हजारका साथ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । पहिलो पुरस्कार काबिल कन्ट्रक्सन र तेस्रो पुरस्कार वडा १० ले प्रायोजना गरेका थियो । वेष्ट पोजर कुमार धिमाल, मस्ट मस्कुलर राज लिम्बुले जनही ५ हजार प्राप्त गरे । खेम राईले बुलेट बाइक उचालेर देखाएका कार्यक्रममा तुल श्रेष्ठ र अजल मल्लिक (राउडी)ले डेमोशेसन देखाएका थिए । नगरपालिकाको आर्थिक सहयोगमा कञ्चन चित्र मन्दिरमा भएको मिस्टर शारिरीक सुगठन प्रतियोगितामा ३ तौल समुह(६० केजी, ६५ केजी र ७० केजी) मा प्रतिस्पर्धा भएको थियो । विजेता खेलाडीलाई कार्यक्रमका नगर प्रमुख दिलिपकुमार, उप मेयर यमुना बिष्ट बास्तोला र मोरङ बडि बिल्डर संघका अध्यक्ष अम्लेश कर्णले पुरस्कृत गरेका थिए ।

सम्बन्धित खवर