सकियो, उद्यमशीलता तालिम - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

सकियो, उद्यमशीलता तालिम


साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरेका उद्यमशील वन्न चाहने युवा पुस्ताका लागि राष्ट्रिय लघु तथा घरेलु उद्योग प्रशिक्षण कार्यालय, काठमाडौंले सञ्चालन गरेको एक हप्ते उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।

एभरेष्ट आर्ट फ्यूजनको व्यवस्थापन एवम् संयोजन र पथरीशनिश्चरे नगरपालिकाको समेत सहयोगमा सञ्चालित तालिमको समापनका अवसरमा बोल्दै नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरका युवा पुस्ता उद्यमशील वन्ने उत्साहमा लागेकोप्रति खुसी व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी सदस्य एवम् एभरेष्ट आर्ट फ्यूजनकी संस्थापक अध्यक्ष सरोजा खड्गी, पथरीशनिश्चरे नगर प्रवक्ता एवम् वडा नम्वर २ का अध्यक्ष यामप्रसाद गुरागाईं, घरेलुका कार्यालयका प्रशिक्षक गणेश राउत सहितले तालिम प्रभावकारी बनेको बताएका छन्। महिलाहरुको बाहुल्यता रहेको बाल्मिकी बोर्डिङले निःशुल्क रुपमा हलको व्यवस्थापन गरेको तालिममा ४५ जनाको सहभागिता रहेको आर्ट फ्यूजनका अध्यक्ष षडानन्द सुवेदी निश्चलले जनाए।

सम्बन्धित खवर