एपीएफ दोस्रो चरणमा प्रबेश - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

एपीएफ दोस्रो चरणमा प्रबेश


साइनो समचारदाता

पथरी । प्रदेशस्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिताको बिहिबार भएको खेलमा लेटाङ भेट्रानलाई हराउँदै एपीएफ दोस्रो चरणको यात्रा तय गरेको छ ।

निकै आक्रमक खेलमा एपीएफका टीकाराम बिकले पहिलो हाफको १२ औं मिनेट गोल गर्दै अग्रता लिएका थिए । खेलको २३ औं मिनेटमा पुर्ण टिकाराम बिकले अर्काे गोल गर्दै २ गोलको अग्रता दिलाए । लेटाङ भेटानको ब्याक डिफेन्डरको कमजोरीको मौका उठाउँदै एपीएफले सफल भए । लेटाङ भेट्रानले पहिलो हाफको ३५ औं मिनेटमा कप्तान बिनोद लामाले गोल गरे पनि जित दिलाउन सकेनन । खेलको म्यान अफ द म्याच एपीएफका लागि २ गोल गर्ने टिकाराम बिक घोषित हुँदै नगद २ हजार प्राप्त गरे ।

आज हुने अन्तिम प्रिक्वाटर खेल तेह्रथुम भेट्रान र आयोजक अमरदह भेट्रानबीच हुनेछ । ३० बर्ष नाघेका १ नं. प्रदेशका १६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ । अमरदह ढल्के जोवनको आयोजनामा बिरेन्द्र सावर्जनिक माबि (सुनबर्षी २,मोरङ) मा खेल मैदानमा भइरहेको छ । खेल जेठ ३ गतेसम्म सञ्चालन हुदैछ ।

सम्बन्धित खवर