नगर पूर्ण खोप अभियान - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

नगर पूर्ण खोप अभियान

साइनो समचारदाता

पथरी । स्वास्थ्य क्षेत्रको कार्यक्रममा प्रदेशमै नमूना बन्दै आएको मोरङको पथरी शनिश्चरे नगरपालिकाले वर्षेनी गरिने वडा वडाको पूर्ण खोप प्रमाणिकरण अभियान यसबेला सञ्चालन गरिरहेको छ ।

पथरी शनिश्चरेलाई ०७४ साल असार ३१ गते पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेपछि पूर्ण खोपको निरन्तर अवस्थाको वर्षेनी गरिने प्रमाणिकरण यो वर्षको जारी रहेको हो । अवस्था प्रमाणिकरणका लागि नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमला, वडाध्यक्ष सहितका जनप्रतिनिधि, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य सहितका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाले घर घरमा गएर खोपको अवस्था बुझ्ने अभियान सञ्चालित छ । जस अन्तर्गत ७ नम्वर वडा बाहेकका ९ वटा वडामा प्रमाणिकरण अभियान सम्पन्न भएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए । खोप नलगाएका बालबालिका भेटिएमा उनीहरुलाई खोप केन्द्रमा बोलाएर वैशाख २९ गते खोप लगाउने विशेष खोप कार्यक्रम छ । वैशाख महिनालाई खोप महिनाका रुपमा लिँदै जन्मेको २३ महिनाभित्रका बालबालिकाले खोप लगाएको नलगाएको अवस्थाका बारेमा बुझ्ने काम भइरहेको छ । गत वर्ष नगरमा १ हजार ८ जना सवैले खोप लगाएको अवस्था प्रमाणिकरण भएको थियो । नगरमा नगर प्रमुख र वडामा वडाध्यक्षको संयोजकत्वमा खोप समन्वय समिति बनाई खोप अभियानलाई प्रभावकारी बनाउने काम भएको छ ।

सम्बन्धित खवर