सीएम कन्दङ्बा विशिष्ट राष्ट्रिय प्रतिभाबाट जोशी र युवा प्रतिभाबाट कान्छा सम्मानीत - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

सीएम कन्दङ्बा विशिष्ट राष्ट्रिय प्रतिभाबाट जोशी र युवा प्रतिभाबाट कान्छा सम्मानीत

साइनो समचारदाता

पथरी । ‘सी एम कन्दङ्बा रास्ट्रिय प्रतिभा सम्मान–२०७६’ बाट विहिवार २ जना स्रष्टा सम्मानीत भएका छन् ।

पथरी शनिश्चरे, मोरङमा सीएम कन्दङ्बा स्मृति कोषले प्रतिभा सम्मानबाट लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशी र साहित्यकार शंकर चापागाई (धनकुटे कान्छा) सम्मानित भएका हुन् । नगद ५० हजार, तामापत्र, दोसल्ला ओढाएर सीएम कन्दङ्बा विशिष्ट राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट दमक, झापाका जोशी सम्मानीत भएका हुन् । नगद ३५ हजार, तामापत्र, दोसल्ला ओढाएर सीएम कन्दङ्बा राष्ट्रिय युबा प्रतिभा पुरस्कार २०७६ बाट दमकका कान्छा सम्मानीत भएका हुन् । सम्मानीत प्रतिभाद्धयलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दोसल्ला ओडाउँदै तामापत्र वितरण गरेका थिए भने कोषका अध्यक्ष एवम् एभरेष्ट माविका निर्देशक रविन कन्दङ्बाले चेक प्रदान गरेका थिए ।

एभरेष्ट आवसिय माविका संस्थापक सीएम कन्दङ्बाको ९१ औ जन्मजयन्तीको अवसरमा सो सम्मान गरिएको हो । कम्युनिष्ट विचारमा आस्था राख्ने सीएम कन्दङ्वा वि.सं. १९८५ चैत २९ गते भारतको दार्जि्िलङमा जन्मेर २०६२ फागुन २५ गते पथरी शनिश्चरेमा निधन भएको थियो । कन्दङ्वाको ४ कृति प्रकाशित छन् । विभिन्न जिल्लामा शिक्षण पेशामा सक्रिय सीएमले २०४३ सालमा पथरीमा एभरेष्ट स्कुल स्थापना गरेका थिए ।

सीएम कन्दङवाको जन्म जयन्तीको अवसर पारेर वर्षेनी पुरस्कार प्रदान गर्न ५ लाखको कोष खडा गरेको स्कुलका निर्देशक समेत रहेका रविन कन्दङ्वाले बताए । प्रदेश नम्वर १ का भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, खेलकुद, पत्रकारिता, चिन्तन, समाजसेवा क्षेत्रका २ व्यक्तित्वलाई वर्षेनी पुरस्कार प्रदान गर्दै जाने अध्यक्ष रविनले बताए ।

कार्यक्रममा राजेन्द्र विवश बद्री भिखारी, विवश बलिभद्र, मधु पोखरेल, सुमित्रा वाङ्देल चेली, तेजराज खतिवडा, मिन कुमार ‘नवोदित’ लगायतले आफ्नो रचना बाचन गरेका थिए । भने गायकद्वय अर्जुन सेन्चुरी, अनिल फागोले गीत सुनाएर मन्त्रमुग्द बनाएका थिए । भने सीएम कन्दङ्बाको व्यक्ति, व्यक्तित्व तथा कृतित्वबारे डा. रामनारायण कन्दङ्बाले प्रस्टाएका थिए ।

सम्बन्धित खवर