मोटरसाईकल प्रहरीको नियन्त्रणमा - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

मोटरसाईकल प्रहरीको नियन्त्रणमा

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० मनकामना टोल वस्ने अन्दाजी वर्ष ६५ की पूर्णमा विश्वकर्मालाई ठक्कर दिने सवारी र चालकलाई प्रहरीले ७ दिनपछि नियन्त्रणमा लिएको छ ।

गत वैशाख १७ गते मध्यान्न १२ वजेको समयमा जंगलमा दाउरा लिन जादै गरेको अवस्थामा वडा नम्वर १० को भुटानी शरणार्थी क्याम्प अगाडि पूर्व–पश्चिम राजमार्गमा विश्वकर्मालाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय पथरीका इन्चार्ज सुवाष भट्टराईले जानकारी दिएका छन् । मध्यान्न ठक्कर खाएकी विश्वकर्माको उद्धार गरि उपचारका लागि स्थानीय पथरी अस्पतालमा ल्याउने क्रममा वाटोमै मृत्यु भएको प्रहरीको भनाई रहेको छ । यता ठक्कर दिने सवारी साधनको पहिचान नखुलेका कारण अन्योलमा रहेको परिवारलाई भने प्रहरी निरीक्षक भट्टराईको सक्रियतामा दुर्घटना भएको १ हप्ता पछि विराटनगर ११ वाट बैशाख २४ गते पक्राउ गर्न सफल भएको थियो ।

घटना भएको १ हप्ता पछि मात्र प्रहरीले मोटरसाईलको पहिचान गरि पक्राउ गरेको हो । ठक्कर दिने को ३४ प ९२१५ नम्वरको मोटरसाइकल र चालक योगेश थापालाई पक्राउ गरि आवश्यक कानुनी कार्वाही अगाडि वढाएको भट्टराईले वताए । पछिल्लो समय भट्टराई आएदेखि पथरीमा केही सुधार आएको महसुस भएको स्थानीयको भनाई रहेको छ ।

सम्बन्धित खवर