प्रदेशस्तरीय महिला फुटबलको उपाधि मोरङलाई - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

प्रदेशस्तरीय महिला फुटबलको उपाधि मोरङलाई

साइनो समचारदाता

बेलबारी । मोरङको बेलबारी, लक्ष्मीमार्गमा जारी प्रथम प्रदेशस्तरीय महिला फुटवल प्रतियोगिताको उपाधि मोरङले चुमेको छ ।

बुधबार भएको फाइनल खेलमा मोरङले झापालाई ० का बिरुद्ध १ गोल गर्दै उपाधि चुमेको हो । मोरङकी साबित्रा मगरले खेलको ५९ औ मिनेटमा गरेको गोल नै जितका लागि प्रयाप्त रहयो । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै तर्फ निकै राम्रा मैका पाए पनि गोल गर्न सकेनन् । जितसंगै मोरङले नगद १ लाख ५० हजारका साथ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्याे भने उपबिजेता झापाले नगद ७५ हजार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडी मोरङकी ईमा राई, उत्कृष्ट किपर मोरङकी कल्पना कार्की, उत्कृष्ट डिफेन्डर मोरङकी कोपिला धिमाल, उत्कृष्ट फर्वाड झापाकी पुजा खतिवडा, उत्कृष्ट मिडिफिल्डर झापाकी सरिता सेर्पा घोषित हुँदै नगद ५ हजार प्राप्त गरेका छन । प्रदेशका १४ जिल्लाको सहभागिता रहेको प्रतियोगिताको बैशाख १९ देखि सुरु भएको थियो । १ नम्बर प्रदेशको प्रदेश महिला फुटवल ब्यवस्थापन समितिको आयोजना प्रतियोगिता भएको थियो ।

सम्बन्धित खवर