कांग्रेसले थाल्यो राष्ट्रिय जागरण अभियान (विज्ञप्ती सहित) - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

कांग्रेसले थाल्यो राष्ट्रिय जागरण अभियान (विज्ञप्ती सहित)

साइनो समचारदाता

पथरी । हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान तीन चरणमा सुरु हुने भएको छ ।

नेपाली कांग्रेसले थालेको जागरण अभियान वैशाख २५ बाट सुरु भएको छ । आजबाट सुरु भएको अभियानलाई कांग्रेसले जेठ २५ गतेसम्म सञ्चालन गर्ने गर्नेछ । एक महिनासम्म चल्ने सो अभियानलाई कांग्रेसले प्रथम चरणको मानेको छ । दोस्रो चरणको अभियाने भदौ २४ (बीपी जयन्ती)गतेदेखि असोज १० गतेसम्म चल्नेछ । पुष ७—पुस १६ (राष्ट्रिय एकता तथा मेलमिलाप दिवस) सम्म हुने समग्र अभियानलाई तेस्रो चरण अभियानको रुपमा कांग्रेसले अघि सारेको छ । अभियान दर्शाउन मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषामा जागरण गीत तयार पारिएको छ ।

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार साथीहरू,
नेपाली कांग्रेसद्वारा आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।

राष्ट्रिय राजनीतिका पछिल्ला सन्दर्भ बारे हाम्रा धारणा यस बीचमा सार्वजनिक भएकै छन् । त्यसबारे मौखिक रुपमा संक्षिप्त टिप्पणी गर्दै आजको पत्रकार सम्मेलन मूलत जागरण अभियानमा केन्द्रित रहेको जानकारी गराउँदछु ।

१. हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान तीन चरणमा हुन लाग्दैछ । 
वैशाख २५—जेठ २५ प्रथम चरण, 
भदौ २४ (बीपी जयन्ती) —असोज १० दोस्रो चरण 
र, पुष ७—पुस १६ (राष्ट्रिय एकता तथा मेलमिलाप दिवस) तेस्रो चरण ।

२. नेपाली राजनीतिमा एकै स्वरुपको प्रथम कार्यक्रमका रुपमा अभियान प्रारम्भ हुँदैछ ।

–एक अभियान तर पन्ध्र उद्देश्य । स्वदेशसँगै विदेशका ३३ देशमा । 
–भिन्न भ्रातृ संस्था भिन्न मुद्दाका कार्यक्रम ।
–७७ जिल्लामा एकसाथ उद्घाटन । 
–आसन ग्रहणमा परम्परागत शैलीको अन्त्य । 
–स्वागत र विसर्जन बाहेक केवल तीन वक्ता

–विषय प्रवेश
–महिला वक्ताको मन्तव्य
–प्रमुख अतिथिको मन्तव्य
–कार्यक्रमको मूल व्यानर र प्रचार सामग्री देशव्यापी रुपमा सबै तहमा एउटै डिजाइनको । 
–व्याज वितरण र किलोमा चर्चा हुने माला परम्पराको अन्त्य ।

–१२ भाषामा जागरण गीत 
–मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषा ।

३. २५ गते अलगअलग प्रदेशका जिल्लामा प्रमुख नेताहरुले सम्बोधन गर्नु हुनेछ ।

४. प्रशिक्षण प्रतिष्ठानको जागरण केन्द्रित सक्रियता 
यस बीचमा पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको गठन, सपथ ग्रहण र दुई दिने बैठक मार्फत जागरण अभियानलाई अझ प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रमहरुको प्याकेज घोषणा गरिएको छ ।

५. अनुशासन समितिको जागरण केन्द्रित सतर्कता 
यस बीचमा पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले जागरण अभियानलाई अनुशासित र व्यवस्थित बनाउने उद्देश्यका साथ पार्टी हित विपरीतका गतिविधि कोहीबाट पनि र कहीपनि नहुन् भन्ने अभिप्रायका साथ म्ीब् को राष्ट्रव्यापी संरचनालाई आग्रहसाथ पर्यवेक्षण अभिभारा सुम्पिइएको छ ।

६. जिल्ला सम्पर्क समितिहरुको जागरण केन्द्रित भेला र पहलकदमी 
यस बीचमा काठमाडौँमा रहेका ५१ जिल्ला सम्पर्क समितिको भेला पार्टी केन्द्रीय कार्यालयको संयोजनमा केन्द्रीय कार्यालयमा भएको छ । जसले अभियानलाई तीव्रता दिन महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ ।

नोट : केन्द्रीय समितिमा रहेका सांसदहरुलाई चलिरहेको संसद अधिवेशनमा बढी क्रियाशील राख्न जिल्लामा प्रतिनिधिका रुपमा पठाउने पूर्व निर्णय परिवर्तन गरिएको छ ।

जागरण अभियानमा उत्साह र जाँगरका साथ सहभागी बन्न नेपाली कांग्रेस स्वदेश र विदेशमा रहेका सम्पूर्ण साथीहरुलाई हार्दिक अपिल गर्दछ । अभियानका अनेक सन्दर्भ बारे सञ्चारजगतबाट समाचार सम्प्रेषणका अतिरिक्त रचनात्मक सुझाव र खुला टिप्पणीको अपेक्षा हामीले राखेका छौं ।

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता
वैशाख २३, २०७६

सम्बन्धित खवर