याक्थुङ ज्ञान महोत्सव हुने - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

याक्थुङ ज्ञान महोत्सव हुने

साइनो समचारदाता

काठमाडौं । ‘बौद्धिक ज्ञान आदान–प्रदान र पुस्तान्तरणको लागि’ भन्ने नाराको साथ याक्थुङ युबा मञ्चले महोत्सबको आयोजना गर्नेभएको छ ।

जेठ २४ र २५ गते नाचघर, जमल काठमाडौँमा ‘याक्थुङ ज्ञान महोत्सव’ को आयोजना गर्न लागेको हो । आयोजकको अनुसार ‘याक्थुङ ज्ञान महोत्सव’ विषयवस्तुहरुको प्रस्तुति, वैचारिक बहस, मन्थन, विषयवस्तुप्रति जागरण र बौद्धिक ज्ञानहरु सुनाउने, बुजाउने, सुन्ने, बुझ्ने कार्यक्रमको सङ्गालो हो । मञ्चका अध्यक्ष भुपेन्द्र खुदाङले लिम्बू समाजको रहनसहन, रीतिरिवाज, धर्म, संस्कृति, कला, साहित्य, सङ्गीत आदि विषयमा प्रस्तुति, छलफल महोत्सबमा गरिने बताएका छन् । महोत्सबको सम्पूर्ण प्रस्तुतिहरुलाई युटयुर्व, सामाजिक सञ्जालहरु, अनलाईनलगायत विभिन्न सञ्चार माध्यमसँग जोड्नुको साथै कार्यक्रमको सम्पूर्ण गतिविधिलाई डकुमेन्टेसन गर्न पुस्तक प्रकाशन बताइएको छ ।

समाजको विविध पक्षको ज्ञानहरु युवा पुस्तामा पुस्तान्तरण गर्न प्रयास र अभ्यास गर्ने, साझा विषयमा बौद्धिक छलफल, बहस, प्रस्तुती र दस्तावेजिकरण (Documentation) गर्ने, विश्वव्यापी रुपमा रहेको लिम्बू समाजको बारे साधन, स्रोत, ज्ञान, सूचना र अनुभवहरु आदान–प्रदान गर्दै युवा पुस्तालाई प्रोत्साहित गर्न प्रयत्न गर्ने, सामाजिक, आर्थिक, राजनीतिक विषयवस्तुमा समिक्षा, वैचारिक मन्थन गर्ने र युवा पुस्तामा जागरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिने भएको छ । महोत्सबमा बुद्धिजीवि, लेखक, अभियान्ता, कलाकार, अर्थशास्त्री, राजनीतिज्ञ स्रोत व्यक्तिहरु संस्थागत प्रतिनिधि, विद्यार्थी, युवाहरु लगायत सहभागी मञ्चले जनाएको छ ।

सम्बन्धित खवर