तीनदिने प्रर्दशनी सुरु(फोटो फिचरसहित) - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

तीनदिने प्रर्दशनी सुरु(फोटो फिचरसहित)


साइनो समचारदाता

बेलबारी । आदिबासी जनजाति मौलिक संस्कार संस्कृतिको संरक्षण तथा प्रर्बद्धन गर्ने उद्धेश्यले मोरङको बेलबारीमा आजदेखि तीनदिने प्रर्दशनी सुरु भएको छ ।


नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीको आयोजनामा प्रर्दशनी कार्यक्रम बैशाख २७ गतेसम्म नेपाल तमु बुद्धिष्ट गुम्बामा आयोजना भइरहेको छ । प्रर्दशनीमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुुतिको साथै जातीय तथा सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिने बताइएको छ ।


“शास्त्र हराए संस्कृति हराउँछ,संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए जाति हराउँछ” भन्ने नाराको साथ सम्पन्न हुने कार्यक्रम संयोजक कुमार बोखिमले दिएका छन् । प्रर्दशनीमा १६ वटा जातीय संस्थाका ३२ वटा स्टल रहेको छ ।

बेलबारी नगरपालिका क्षेत्रमा रहेका जातिहरुले राख्ने स्टलहरुमा हरेक जातिका खानाका परिकार अनि जन्मदेखि मृत्युसम्मको संस्कारमा प्रयोग गरिने सामाग्रीहरु राखिएको नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीका सचिब मनकुमार गुरुङले जानकारी दिए ।


कार्यक्रममा नगरपालिकाले ४ लाख बजेट बिनियोजन गरेको छ । तर आयोजकले ४ लाख ५० हजार खर्च हुुने बताएको छ ।

लोप हुँदै गएको भाषा, रहनसहन र सँस्कृतिको संरक्षण एवम् जातीय पहिचानका लागि प्रदर्शनी कार्यक्रम आयोजना गरिएको नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष तिलक राईले बताए ।

तस्वीरः खनेन्द्र कुमार राई (अर्जुन)

सम्बन्धित खवर