नियोग उपप्रमुखको बिदाई  - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

नियोग उपप्रमुखको बिदाई 

साइनो समचारदाता
साउदी अरब । ७ मे २०१९ का दिन संघीय लिम्बुवान सामाजिक मन्च दमाम साउदी अरबले एक बिशेष कार्यक्रम गरि नेपाली राजदुतावासका नियोग उपप्रमुख आनन्द प्रसाद शर्मालाई  विदाइ गरेको गरेको छ ।
साउदी अरब स्थित नेपाली दुतावास कै कार्यालय पुगेर मन्चले बिदाई गरेको हो ।
बिदाई कार्यक्रम नेपाली राजदुतावास रियाद साउदी अरबका महामहिम राजदुत प्रा.डा. महेन्द्र सिंह राजपुत, श्रमसहचारी अम्बिका प्रसाद अधिकारीको समुपस्थितिमा सम्पन्न गरेको हो । सामाजिक अभियान्ता अन्जनी कुमार अधिकारीले सन्चालन गरेको कार्यक्रममा मन्चका प्रमुख सल्लाहकार तथ संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च का केन्द्रिय सदस्य यावा लिम्बु, मन्चका माहसचिब लोकेन्द्र लिम्बु, मन्चका सस्थापक सदस्य राजेश सेन्दाङ्गसहित मन्चका सदस्य भिमा लिम्बु, निशा तुम्बापो, प्रेम इजाम लगायतले खादा ओडाएर सम्मान गर्दै प्रशंसा पत्र सहित बिदाइ गरेका थिए ।
कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख शर्माले लिम्बुवान सामाजिक मन्च साउदी अरबका दूतावासको सम्बन्ध स्मरण गर्दै पासपोर्ट सहजिकरण, आममाफीलगायत नेपाली श्रमिकहरुको समस्या समाधानमा खेलेको भूमिका प्रति प्रशंसा गरेका थिए । त्यसैगरी  मन्चको तर्फबाट कार्यक्रम मा बोल्दै प्रमुख सल्लहकार यावा लिम्बुले बिगतमा काबा राजदूत र नियोग उपप्रमुखको हैसियतमा शर्माले निभाएको भूमिकाप्रति उच्च प्रशंसा गरेका थिए ।
विगत करिव चार वर्ष पहिले साउदी अरब आएका शर्मा बुधबार अर्थात् ०८ मे २०१९ को दिन  नेपाल सरकारले दिएको दूतावास नियोग उप–प्रमुखको जिम्मेवारी पुरा नेपाल फर्किए ।
सुरुवाती चरणमा कार्यवाहक राजदूतको समेत भूमिका निर्वाह गरेका शर्मा निकै शान्त स्वभावका सहनशील र कुशल प्रशासकका रुपमा चिनिन्छन् भने उनलाई गौप्राणी को रुप मा समेत यहाँ का श्रमिक ले लिने गरेका छन ।

सम्बन्धित खवर