साझपख बन्द फिर्ता - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

साझपख बन्द फिर्ता

साइनो समचारदाता

विराटनगर । आइतबार प्रदेश सभाले अस्थायी राजधानीलाई स्थायी राजधानी बनाउनेबारे छिनोफानो लगाउँदै गर्दा विराटनगरबासी आक्रमक देखियो । उस्ले बन्दको आहवान गरी विहानदेखि साझ ४ बजेसम्म पूर्णरुपमा बन्द गर्यो ।

विराटनगरलाई स्थायी राजधानीको संरचना विवाद छलफल र संवादका माध्यमबाट टुंगो लगाउने सहमति बनेपछि सोमबार दिनभर गरिएको बन्द आब्हान साँझबाट फिर्ता भएको जनाएको छ । विराटनगरलाई एकीकृत रुपमा राजधानी बनाउनु पर्ने माग राखेर प्राध्यापक डा. भेषप्रसाद धमलाको संयोजकत्वमा दबाब समिति गठन गरेर अनिश्चितकालिन बन्दको आब्हान गरिएको थियो । प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाइने र कार्यपालिका तथा व्यवस्थापिकालगायत अन्य संरचना बृहत् विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैँचा आसपासमा निर्माण गर्ने प्रस्ताव नेकपाले प्रदेश सभामा हिजो दर्ता गरेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएको थियो । आमसर्वसाधरणले विराटनगरमा लामो समयपछि बन्दको प्रभाव खेप्न बाध्य भए । विराटनगरका महेन्द्र चोक, महाविर चोक, बरगाछी, कंचनबारी, पानी टंयाङकी लगायतबा विभिन्न स्थानमा बन्द गर्दै बन्दकर्ता आन्दोलनमा उत्रेका थिए ।

सम्बन्धित खवर