सिकिया पुस्तकालयले मंगली मञ्चन गर्यो - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

सिकिया पुस्तकालयले मंगली मञ्चन गर्यो


साइनो समचारदाता

चुलाचुली । सामाजिक रूपान्तरण साथै नयाँ पुस्तामा कलाको महत्त्व बुझाउने उदेश्यले चुलाचुली रंगमञ्च इलामको सहकार्यमा सिकिया सामुदायिक पुस्तकालयले ७ दिने नाट्य कार्यशालापछि नाटक मंगली मञ्चन गरेको छ ।

झापाको धरमपुर शिवसतक्षी नगरपालिका १ नं। वडास्थित रहेको सिकिया सामुदायिक पुस्तकालयको खुल्ला मञ्चमा मञ्चन गरिएको नाटकमा मन्निक शंखर, दिप्ती भट्टराई, मनोज बिक, दिव्य भट्टराई, लक्ष्मी श्रेष्ठ, कुसुम लिम्बू, अञ्जु बासकोटा, सुरेन थेवेले अभिनय गरेका थियो ।

उक्त नाटकको सहजकर्ता चुलाचुली रंगमञ्चका कलाकारहरू संजय लाम्गादे, प्रविन मगरले गरेका हुन । १५ मिनेट समय रहेको नाटकमा विधालयबाट जंगलबाटो हुँदै घर फर्किन्दै गरेकी १५ बर्षिय पात्र मंगलीको अपरित मंदिरासेवन गरेका व्यक्तिबाट बल्तकार हुन पुग्छिन्, मंगलीलाई जंगलमा गोठालो गरिरहेको अर्को महिलाले भेट्छिन्, मंगलीको परिवारमा फोन गर्दिन्छिन्, प्रहरी सहित घण्टना स्थलमा आएको मंगलीको बुबाले अपराधीलाई कार्वाही गर्न अनुरोध गर्छ, उता गाउँमा भने मंगली बल्तकार हुनुको कारण मंगली आफै चरित्रहिन केटी भएको नकारात्मक कुरा गाउँमा चर्चा चल्न थाल्छ, नाटकमा मंगली जस्ती छोरीहरू बल्तकार हुँदै जाने हो भन्ने हामी छिमेकीले गर्न सक्ने के हो ? नाटक प्रश्नमा सकिन्छ । बैशाख १४ देखी २२ गते सम्म नाट्य कार्यशाला संचालन गरिएको लाइबेरि संस्थाको अध्यक्ष अविसेक नेम्वाङले वताएका छन्

सम्बन्धित खवर