प्रदेश सभा अगाडि रातदिन अनसन - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

प्रदेश सभा अगाडि रातदिन अनसन

साइनो समचारदाता

विराटनगर । प्रदेश सभा भवन (प्रदेश नम्बर १) विराटनगर अगाडि २४ घण्टे अनसन बसिरहेको छ ।

आइतबार (हिजो) १२ बजेदेखि सुरु भएको अनसन आज १२ बजेसम्म जारी रहने बताइएको छ । नामाकरणका लागि प्रदेश सभामा तयारी भइरहदा लिम्बुवान स्प्रिङ आन्दोलनकर्र्मी अनसन बसेका हुन् ।

स्प्रिङ आन्दोलनका अभियानकर्ता एवम अनसन कार्यक्रमका संयोजक इक्साहाङ चेम्जोङले प्रदेशको नामाकरण गर्दा लिम्बूवान उल्लेख हुनुपर्छ भन्ने अभिप्रायले अनसन बसिएको बताएका छन् । उनले लामो समयदेखि चलिरहेको लिम्बूवानको आन्दोलनलाई सम्बोधन गराउन शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेको बताएका छन् । अनसनलाई बेवास्ता गरेर प्रदेशको नामाकरणमा लिम्बूवान बाहेकका नाम पारित गरिए थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेम्जोङले बताए ।

चेम्जोङसहित समी लङ्वा, सौजन सुब्बा, सुनिल आङ्बो, पन्ना आङ्बो, अशोक सेर्मा, सुमन सहयात्री योङहाङ, सुन्दर लाओती, अंशुवर्मा लिम्बु, प्रयास बान्तवा, कौशिला नेम्वाङ र विजय लिङ्देनलगायत अनसमा बसेका छन् । प्रदेश १ को नामका लागि कोशी, सगरमाथा, किरात र चोमुलुङ्मालगायतका नाम चर्चामा छ । विभिन्न पार्टी, संगठन र स्वतन्त्र पेसामा आबद्ध रहेका युवाहरूले गत फागुन २६ गते सामाजिक सञ्जालमार्फत सङ्गठित भएको जनाउँदै लिम्बूवान स्प्रिङ आन्दोलन घोषणा गरेका थिए । घोषणा भएको केही घण्टाभित्रै आन्दोलनप्रति उल्लेख्य सङ्ख्यामा समर्थकहरूले ऐक्यबद्धता जनाएका थिए ।

 

सम्बन्धित खवर