पीडित धिमाललाई आर्थिक सहयोग - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

पीडित धिमाललाई आर्थिक सहयोग

ऋषि राई

बेलबारी । बेलबारी १ मोरङ निवासी क्यान्सर पीडित बिष्णुमाया धिमाललाई प्रवासी संगठन बेलबारी सरोकार मंच कतारले आर्थिक सहयोग गरेका छ्न।

प्रवासमा क्यानसर पीडित बिष्णुमाया धिमाल बचाउ अभियान संचालन गर्दै आएका सरोकार मंचले आइतबार धिमालकै घरमा पुगेर एक लाख नौ हजार एक सय पचांनब्बे रुपैयाँ सहयोग रकम सरोकार मंचका कोषाध्यक्ष हरि घिसिङले धिमाल परिवारलाई हस्तान्तरण गरेका हुन।

अभियानका अभियान्ता केशव थापा मगर, प्रकाश सुवेदी , बिनोद गिरी, अरुण राई लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो । वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरुबाट उक्त रकम संकलन गरिएको सरोकार मंचका अध्यक्ष रोसन मोक्तानले बताए । अभियान्ता केशव थापा मगरले खर्च कटाएर भएनी पीडित धिमाललाई सहयोग पुर्याएकोमा बेलबारी सरोकार मंच कतारलाई धन्यवाद ब्यक्त गरे।

सम्बन्धित खवर