गोल्डकपको उपाधि मोरङलाई - Sainokhabar
  • शनिबार, फागुन २२, २०७७

गोल्डकपको उपाधि मोरङलाई

साइनो समचारदाता

चुलाचुली । प्रथम चुलाचुली गोल्डकप २०७६ को फाइनल खेल बैसाख २२ गते सम्पन्न भएको छ ।

फाइनलको उपाधि मोरङ फुटबल एकेडेमी, मंगलबारेले चुमेको छ । धुलाबारी फुटबल ए क्लवलाई मोरङ फुटबल एकेडेमी मंगलबारेले ३–१ गोलको अन्तरले पराजय ग¥यो । गोल्डकपको विजेता टिमलाई १ लाख १ हजार नगद, उपविजेतालाई ५१ हजार नगद ट्र्फि, मेडल, प्रमाणपत्र वितरण गरिने खेलका संयोजक रामप्रसाद राईले जनाएको छ ।

मोरङले पहिलो चरणमा शैनिक युथ क्लब विर्तामोडलाई, दोस्रो चरणमा कमल गापा ११ झापालाई हराएको थियो । धुलाबारीले क्रमशः दमक फुटबल एकेडेमी, फुलबारी स्पोटिङ क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश पाएको हो । बैशाख १५ गतेदेखि सुरु भएको गोल्डकपमा झापा, मोरङ, इलामका ८ टिमको सहभागिता जनाएको थियो । चुलाचुली खेलकुद समितिले चुचालुली गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता गराएको हो ।

सम्बन्धित खवर