‘बृहत विराट क्षेत्रको विराटनगर प्रदेशको राजधानी’ मन्त्री आङ्बो - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

‘बृहत विराट क्षेत्रको विराटनगर प्रदेशको राजधानी’ मन्त्री आङ्बो

साइनो समचारदाता

विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले सहमति जुटेपछि मात्र प्रदेशको नामाङ्नको प्रस्ताब लाने बताएका छन् ।

साइनो खबरसँग आइतबार कुरा गर्दै मन्त्री आङ्बोले आज राजधानी बारेमा प्रस्ताब लाने बताएका छन् । दुई तिहाइ मत नेकपासँग रहेकाले बृहत विराट क्षेत्रको विराटनगर प्रदेशको स्थायी राजधानी हुने बताएका छन् । ‘वृहत विराट क्षेत्रको विराटनगरनै स्थायी राजधानी हुन्छ ।’ मोटामोटी सहमति भएको बताउँदै उनले भनेका छन्, ‘प्रशासनिक संरचना बृहत विराट क्षेत्र भित्र रहनेछ । कहाँकहाँ कुनकुन प्रशासनिक निकाय राख्ने, त्यो मन्त्रिपरिषद्ले निर्णय गर्छ ।’ अहिले नेकपाको संसदीय दलका बैठक बसिरहेको छ ।

प्रदेश १ को एक महानगरसहित १८ वटा स्थानीय तह समेटेर बृहत विराट क्षेत्र बनाउने विधेयक प्रदेशसभाबाट सर्वसम्मत पारित गरिसकेको छ ।

सम्बन्धित खवर