यस्तो सहमतिले बन्यो नयाँ पार्टी - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

यस्तो सहमतिले बन्यो नयाँ पार्टी

साइनो समचारदाता

काठमाडौं । संघीय समाजबादी फोरम नेपाल (ससफो) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादब र नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराईले ऐतिहासिक सहमति गरेसँगै भोलि नयाँ पार्टी समाजबादी पार्टी नेपाल बनेको छ ।

प्रज्ञा प्रतिष्ठान, कमलादीमा दुई पार्टीबीच एकीकरण भई समाजबादी पार्टी नेपाल घोषणा हुन लागेको हो । ससफो नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले दुई वर्षको अथक प्रयत्नको फलस्वरुप एकीकरणको तय भएको बताएका छन् । समाजबादी पार्टी, नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यामन जातीय, वर्गीय, लैङ्गिक, क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने उद्देश्यको साथ निर्माण भएको हो ।

यस्तो छ सहमति

समाजबादी पार्टी, नेपालको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई रहने र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव हुनेछ । वरियतामा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई पहिलो र यादव दोस्रो वरियतामा रहनेछ । तेश्रो वरियातामा अशोक राई हुनेछन् । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन । संगठनात्मक प्रणालीमा पहिचानका प्रादेसिक संगठनको नामका पछि राष्ट्रिय थपिनेछ । लिम्बुवान राष्ट्रिय समितिलगायत समिति, निकायहरुमा बिज्ञ परिषद् थपिएको हुनेछ । ससफोको केन्द्रीय परिषदलाई संघीय परिषद बनाइएको छ । ससफो नेपाल २ सय ८०, नया शक्तिको १ सय ५१,गरी कुल ४ सय ३१ सदस्यीय केन्द्रीय समिति रहने पदाधिकारी ससफोके १६ र नयाँ शक्तिको ९ गरी २५ कार्यकारी समिति रहनेछ । संघीय परिषद् अध्यक्ष १, केन्द्रिय समिति अध्यक्ष १, बरिष्ठ नेता १, सहअध्यक्ष १, उपाध्यक्ष ८, महासचिब ३, उपमहासचिब ३, सचिब ६, कोषाध्यक्ष १सहितको कार्यकारी समिति रहने सहमति भएको छ । झण्डा ससफोको प्रयोग हुनेछ । चुनाब चिन्हको बारेमा पहिलो बैठकले निर्णय लिने भएको छ ।

पार्टीको मार्गदर्शक शिद्धान्त सम्मुनन्त संघीय समाजवाद रहने सहमति भएको ससफोका बैकल्पिक केन्द्रीय सदस्य जेन्टल लावतीले बताएका छन् । उनका अनुसार मुलुक संघीयतामा प्रबेश गरेसंगै अहिलेको ७ प्रदेशको ठाउँमा संविधान संसोधन गरि नेपालको राज्य संरचना लिम्बुवान सहितको १०ं+१ प्रदेश बनाउने सहमति भएको छ । नयाँ पार्टीको पहिलो बैठक २४ गते बस्ने भएको छ ।

सम्बन्धित खवर