बेलबारी आइडलको अडिसन सकियो - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

बेलबारी आइडलको अडिसन सकियो


साइनो समचारदाता

बेलबारी । मोरङको बेलबारीमा हुने भनिएको बेलबारी आइडलको अन्तिम चरणको अडिसन सकिएको छ । १९ प्रतियोगी छनोट भएका छन । शनिवार भएको अन्तिम चरणको अडिसनमा ८ जना छनोट भएका छन भने ८ जना वैकल्पिकमा रहेका छन ।


वैकल्पिकमा रहने प्रतियोगीको कुल संख्य १८ पुगेको छ । अडिसनमा वाड नं १ का कुमारी विक, सारा तामाङ वाड नं २ का अलिमा लिम्बु, उषा माझी, वाड नं ३ का रुद्र सुबेदी, लक्ष्मी पौडेल, वाड नं ४ का बिबेश मोते र अविनाश राई छनोट भएको कार्यक्रमका संयोजक तथा स्रष्टा समाजका सचिव जेबी थुलुङले जनाएका छन् । यस चरणमा निर्णायकहरु सङ्गीतकर्मी गोपाल नेपाल, भीम बस्नेत र शेखर थापा मगर रहेका थिए । छनोट प्रतियोगीहरूलाई यही जेठ महिनाको पहिलो दिन देखिनै सङ्गीत तथा गायनबारे एक महिना प्रशिक्षण प्रदान गर्ने आयोजकले जनाएका छन् ।

बेलबारी आइडलको अन्तिम चरणको कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका प्रवक्ता तथा वाड नं ३ का अध्यक्ष योगेन्द्र सुबेदीले बेलबारी नगरपालिकाले अर्को आर्थिक वर्षमा बेलबारी आइडलको शीर्षकमा छुट्टै बजेट विनियोजन गर्ने बताएका छन् ।

सम्बन्धित खवर