आज मोरङ र धुलाबारी जुध्ने - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

आज मोरङ र धुलाबारी जुध्ने

साइनो समचारदाता

चुलाचुली । चुलाचुली गोल्डकप २०७६ फाइनल खेलमा मोरङ फुटबल एकेडेमी, मंगलबारे र धुलाबारी फुटबल ए क्लव जुध्ने भएका छन् ।

आइतबार प्रस्तावित सहिद माङ्तोक रंगशालामा उपाधि जित्ने उद्देश्यको साथ मैदानमा उत्रदैछन् । मोरङले पहिलो चरणमा शैनिक युथ क्लब विर्तामोडलाई, दोस्रो चरणमा कमल गापा ११ झापालाई हराएको थियो । धुलाबारीले क्रमशः दमक फुटबल एकेडेमी, फुलबारी स्पोटिङ क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश पाएको हो । गोल्डकपको विजेता टिमलाई १ लाख १ हजार नगद, उपविजेतालाई ५१ हजार नगद ट्र्फि, मेडल, प्रमाणपत्र वितरण गरिने खेलका संयोजक रामप्रसाद राईले जनाएको छ ।

बैशाख १५ गतेदेखि सुरु भएको गोल्डकपमा झापा, मोरङ, इलामका ८ टिमको सहभागिता जनाएको थियो । चुलाचुली खेलकुद समितिले चुचालुली गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता गराएको हो ।

सम्बन्धित खवर